सुर्खेतमा अवतरण हुन नसकेपछि नेपालगन्ज ल्याइएको बुद्ध एयरको जहाज मौसम सुध्रिएपछि पुनः उतै लगेर अवतरण गराइएको छ।
सुर्खेतका लागि लागि बुधबार बिहान ८ बजेतिर काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको यु ४–१३३ फ्लाइट नम्बरको जहाज सवा ९ बजे सुर्खेत पुगेको थियो। तर मौसम खराब भएका कारण त्यहाँ अवतरण हुन सकेन र जहाज नेपालगन्ज विमानस्थल ल्याएर अवतरण गराइयाे।
नेपालगन्जको विमानस्थलमा केही बेरको विश्रामपछि मौसम सुध्रिएकाले पुनः सुर्खेत लगेर जहाज अतवरण गराइएको त्यहाँको विमानस्थल स्रोतले जनाएको छ।
जहाजमा चालक दलका ४ सदस्यसहित ४८ जना सवार थिए।
81
Shares

प्रतिक्रिया