कारोबार


नेपाल ल्युब आयलले सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने

नेपाल ल्युब आयलले सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गर्ने

नेपालखबर
असोज १९, २०७८ मंगलबार १२:२, काठमाडौँ

नेपाल ल्यूब आयल लिमिटेडको ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। 

साधारणसभाले उच्च लाभांश पारित गरेको छ। कम्पनीले सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश (३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको हो। 

साधारण सभा भर्चुअल तथा स्वयम् उपस्थितीमा सभा सञ्चालन भएको थियो। 

सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा सञ्चालक समिति, कम्पनी सचिव, लेखा परीक्षक, व्यवस्थापक समूह र अन्य सेयरधनीहरुको उपस्थिति रहेको थियो। 

स्वयम् उपस्थितिबाट ५३.१२ प्रतिशत र भर्चुअल माध्यमबाट २५.४९ प्रतिशत गरी ७८.६ प्रतिशत सहभागी रहेका थिए। उपस्थितहरुबीच दूरी कायमका साथै अन्य स्वास्थ्य मापदण्ड पालना गरी सभा सम्पन्न भएको कम्पनीले जनाएको छ। 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले नेपाल ल्यूब आयल लिमिटेड महामारीले अगाडि राखेका चुनौतीहरुको बाबजुद उत्कृष्ट वृद्धि हासिल गर्न सक्षम भएको बताए। 

उनले भने, ‘चालू आर्थिक वर्षको लागि हामीले गत वर्षभन्दा बिक्रीवितरण दोब्बर बनाउने र पूर्वाधारमा लगानी तथा उत्पादन क्षमता तीन गुणा बढाउने लक्ष्य राखेका छौँ।’ 

यस्तै बजारमा लुब्रिकेन्टसहित ब्याट्री र सोही प्रकृतिको सामान रिटेलरहरुमार्फत कारोबार हुने वस्तु टायरको समेत कारोबार गर्ने लक्ष्य लिएको उनले बताए। 

यसअन्तर्गत ब्याट्रीको बिक्रीवितरण सुरु भइसकेको उनको भनाइ छ। 

कम्पनीले आफ्ना उत्पादित र बिक्रीवितरण गरिने वस्तुहरुको गुणस्तर र मानव संसाधन विकासको लागि आफ्नो प्रतिबद्धतालाई सदैव मुख्य मार्गदर्शनको रुपमा लिएर अगाडि बढिरहने उनले दाबी गरे।

कम्पनीले विगत ६–७ वर्षदेखि कम्पनीले राम्रो लाभांश वितरण गरिरहेको छ। 

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट ब्राण्ड हो र यसको ब्राण्डिङ्ग साझेदारीमा म्यानचेष्टर युनाइटेड फुटबल क्लब, म्याकल्यारेन रेसिङ्ग कार र चेन्नई सुपर किङ्गजस्ता आफ्ना क्षेत्रका प्रतिष्ठित र स्थापित नामसँग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad