ad ad

कारोबार


६ घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ७ खर्बभन्दा बढी नोक्सान

६ घण्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ७ खर्बभन्दा बढी नोक्सान

नेपालखबर
असोज १९, २०७८ मंगलबार १०:३०, काठमाडौँ

सोमबार राति झन्डै ६ घण्टा विश्वभर फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलस अवरुद्ध भए। 

नेपाली समयानुसार सोमबार राति सवा ९ बजेतिरदेखि संसारभरका सामाजिक सञ्जाल प्रयोगकर्ता आफ्ना साइट/एप नचल्दा हैरान भए। र, ट्विटरमार्फत प्रतिक्रिया व्यक्त गरे।

त्यसपछि फेसबुक कम्पनीले आफ्ना प्रयोगकर्तालाई परेको असुविधाप्रति क्षमा माग्दै झन्डै ६ घण्टापछि सामाजिक सञ्जाल सञ्चालन भएको जानकारी गरायो। 

यसले गर्दा फेसबुकका सीईओ मार्क जुकरबर्गलाई भने ​अमेरिकी डलर ६ अर्ब  (नेपाली रुपैयाँ ७ खर्ब १४ अर्ब २४ करोड ६ लाख) भन्दा बढी नोक्सान भएको छ। 

ब्लुमबर्गका अनुसार सोमबार फेसबुकको सेयर मूल्य ४.९ प्रतिशत घटेको हो। मध्य सेप्टेम्बरयता मात्रै फेसबुकको सेयर मूल्य झन्डै १५ प्रतिशतले ओह्रालो लागेको छ।

योसँगै जुकरबर्गको सम्पत्ति पनि घटेको छ। र, ब्लुमबर्ग बिलिनियर्स इन्डेक्समा उनी पाँचौं नम्बरमा झरेका छन्। 

यो पनि : ​विश्वभर फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप ६ घण्टा बन्द

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .