२० महिनादेखि रोकिएको दक्षिण कोरियाको रोजगारी पुनः सुरु गर्ने तयारी भएको छ। ईपीएस कोरिया शाखाले पहिलो चरणमा ‘कमिटेड वर्कर’ लैजाने तयारी गरेको हो।
सोहीअनुसार ११९ जनालाई असोज २५ गतेभित्रमा सीसीभीआई फारम भर्न आग्रह गरिएको छ।
करार अवधि जारी भएको मितिको पहिलो प्राथमिकताका आधारमा पहिलो फ्लाइटमा ५० जना कोरिया प्रस्थान गर्ने ईपीएस कोरिया शाखाले जनाएको छ।
बाँकीलाई पनि क्रमशः लैजाने प्रबन्ध गरिने कोरियन शाखाले जनाएको छ। २० महिना पहिले कोरोना संक्रमणको जोखिमका कारण रोकिएपछि कमिटेड र नयाँ श्रमिक जान पाएका थिएनन्।
अब विस्तारै सबै खालका श्रमिक लैजान सुरु हुन लागेको हो।
45
Shares
प्रतिक्रिया