ad ad

खेल


पोखरा राइनोजलाई काठमाडौं किंग्सले पेस गर्‍यो १८३ रनको चुनौती

पोखरा राइनोजलाई काठमाडौं किंग्सले पेस गर्‍यो १८३ रनको चुनौती

नेपालखबर
असोज १८, २०७८ सोमबार १५:४०, काठमाडौँ

काठमाडौं किंग्स इलाभेनले एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) मा पोखरा राइनोजसामु १ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

अमित श्रेष्ठ र रायन वर्लको शतकीय साझेदारी गरेपछि काठमाडौंले पोखरालाई बलियो चुनौती पेस गरेको हो। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय  ८२ रनको योगफल तयार पार्यो। 

दोस्रो विकेटका लागि अमिल श्रेष्ठ र रायन वर्लले १ सय ६ रनको साझेदारी गरे। अमित श्रेष्ठ ५६ रन जोड्दा वोल्ड आउट भए। ४१ बलको सामना गरेका श्रेष्ठले ६ चैका र २ छक्का हाने। श्रेष्ठले ३६ बलमा अर्धशतक पूरा गरे। 

पोखराविरुद्ध अर्धशतक प्रहार गर्दै रायन बर्ल पवेलियन फर्के। राउनले १८ ओभरको पहिलो बलमा अर्धशतक पुरा गरेका थिए। 

उनले ४२ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका हुन। ४३औँ बलमा उनी नन्दन यादवको बलमा विकेटकिपरको हातबाट आउट भए। 

आक्रामक ब्याटिङ गरेका कप्तान सन्दीप लामिछाने ३१ रनमा क्याच आउट भए। ११ बलको सामना गरेका सन्दीपले २ चौका र ३ छक्का हाने। 

ओपनर रहमुल्लाह गुरवाज १२ रन जोड्दा रन आउट भए। ४ बलको सामना गरेका उनले २ छक्का हाने। अमर राउटेलले ७ रन थपे। 

९ बलको सामना गरेका सुवास खकुरेल २ रनमा एलबीडब्लु धरापमा परे। असान प्रियञ्जन ५ रनमा एलबीडब्लु आउट भए। राजु रिजाल शुन्य रनमा पवेलियन फर्के। गुलसन झा १ रनमा नटआउट रहे। 
 
पोखराका विवेक यादवले ३ तथा विक्रम सोव नन्दन यादव, किशोर महतो र सहान अर्चाचिगेले समान एक विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .