कारोबार


इ–सेवाले ल्यायो उपहारै उपहारसहितको चाडपर्व लक्षित अफर

इ–सेवाले ल्यायो उपहारै उपहारसहितको चाडपर्व लक्षित अफर

नेपालखबर
असोज १८, २०७८ सोमबार १४:३८, काठमाडौँ

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी इ–सेवाले दशैँ र तिहारलाई लक्षित गर्दै विभिन्न किसिमका योजना सार्वजनिक गरेको छ। 

योजनाअनुसार इ–सेवामार्फत घटस्थापनादेखि १० दिनसम्म कुनै पनि बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिनेछ। 

यस्तै बम्पर उपहारमा सय रुपैयाँमा स्कुटर योजना समावेश छ। यसमा एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्ने कम्पनीले जनाएको छ। 

स्कुटर नपाउने व्यक्तिको रकम टपअपद्वारा फिर्ता गरिने पनि कम्पनीले जनाएको छ।

यस्तै साप्ताहिक रूपमा एक जना भाग्यशाली विजेताले आकर्षक उपहार प्राप्त गर्नेछन्। 

सेन्ड मनी दशैँ क्याम्पेनमा पाँच सय जनाले पाँच सय रुपैयाँ र सेन्ड मनी तिहार योजनामा पनि पाँच सय जनाले नै पाँच सय रुपैयाँ डिजिटल दक्षिणा प्राप्त गर्नेछन्। 

यस्तै फ्ल्यास् अफरअन्तर्गत मोबाइल रिचार्जमा १० प्रतिशत अथवा ५० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ। 

यो योजना ४ अक्टोबरदेखि १३ अक्टोबरसम्म लागू हुने कम्पनीले जनाएको छ। यस्तै एयरलाइन्स योजनामा दैनिक ३ जनाले रिटर्न टिकट प्राप्त गर्नेछन् भने एक जना भाग्यशाली विजेताले स्कुटर जित्न सक्नेछन्। 

यो योजना २८ सेप्टेम्बरदेखि १२ अक्टोबरसम्म लागू हुनेछ। 

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इ–सेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ५० लाख रहेको छ। 

यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इ–सेवामार्फत सेवा लिइरहेका छन् । हाल इ–सेवाका देशभर करिब एक लाख ४० हजार  एजेन्ट (इ–सेवा जोन तथा पोइन्ट) रहेका छन् । 

हाल इ–सेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इ–सेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । 

इ–सेवामा हाल ५० वटा बैंक तथावित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इ–सेवामा सहजै रकमजम्मा गर्न तथा इ–सेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad