कारोबार


उपदान र पेन्सन कोषको पैसामा तीन बैंकलाई फरक–फरक सीमा

उपदान र पेन्सन कोषको पैसामा तीन बैंकलाई फरक–फरक सीमा

नेपालखबर
असोज १७, २०७८ आइतबार १६:२४, काठमाडौँ

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ५६ करोड रुपैयाँ ब्याजमा लगाउँदै छ।

त्यसको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीलाई निश्चित लगानीको सीमा तोकेको हो। 

राष्ट्र बैंकले फाइनान्स कम्पनीको लागि २ करोड ८० लाख, विकास बैंकहरुको लागि ८ करोड ४० लाख र वाणिज्य बैंकले ४४ करोड ८० लाख रुपैयाँ पाउने भएका छन्। 

उक्त रकम लगानी गर्न पनि राष्ट्र बैंकले शर्तहरु तोकेको छ। 

लगानी गर्ने वित्तीय कम्पनी २ वर्ष सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, न्यूनतम पुँजीकोष कायम रहेको हुनुपर्ने, खुद तरलता सम्पत्ति स्वदेशी निक्षेपको २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्ने जस्ता शर्तहरु राखिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad