कारोबार


चोभारको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी

चोभारको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी

नेपालखबर
असोज १७, २०७८ आइतबार १३:३४, काठमाडौँ

काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह सञ्चालनको अन्तिम तयारी गरिएको छ।

नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाहको निर्माणका काम सम्पन्न भएकाले बन्दरगाह सञ्चालनको लागि तयारी गरिरहेको बताए। 

आइतबार कार्यकारी निर्देशक गजुरेलले बन्दरगाहमा सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सुरक्षा निकाय लगायतका सम्बन्धीत निकायसँग छलफल भइरहेको भन्दै उनले चाँडै नै पूर्ण तयारीका साथ सञ्चालनमा ल्याउन लागिएको उनले बताए। 

सुख्खा बन्दरगाह सुरु भएसँगै काठमाडौंको व्यवसायीहरुले सिधैँ काठमाडौंमा सामान ल्याउनसक्ने र छिट्टै उपभोक्ताको माझमा पु¥याउन सकिने तथा आयात, निर्यातको मुल्य घटाउन सकिने उनले उल्लेख गरे। 

उनले भने, ‘अहिले हामी यसको सञ्चालनको लागि तयारीको अवस्थामा छौँ । र हामी चाडैँ नै यसलाई सञ्चालन गर्ने भनेर अगाडि बढिराखेको छौँ । यसको लागि यहाँको सम्बन्धित निकाय भनेको भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सेक्युरिटी, पोर्ट सञ्चालनको लागि सञ्चालक हुनुभयो यति सबै जनाको सहकार्यमा हामीबिच छलफल पनि भइराखेको छ र चाडै नै हामी तयारी पूर्ण गरेर यसलाई सञ्चालनमा ल्याउने हिसाबले अगाडी काम बढाइरहेका छौँ।’

काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रुपैयाँको लगानीमा सुख्खा बन्दरगाह बनेको हो।

यसभित्र २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टीन र प्रशासनिक गरि ३ वटा भवन, ३ वटा ठुला गोदाम, चेकजाँच गर्ने ३ वटा खुल्ला भवन, ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थल निर्माण सम्पन्न भइसकेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए। सिसिटिभी जडान र फायर फाइटर समेत जडान गरिसकेको उनले बताए।

भारत र चीनसँग सिमा जोडिएको जिल्लाहरुमा मात्रै सुख्खा बन्दरगाह भएपनि भित्री जिल्लामा भने चोभारको सुख्खा बन्दरगाह पहिलो हो । वीरगञ्ज, बिराटनगर, भैरहवा, काँकडभिट्टा, तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा छन् भने रसुवा र नेपालगञ्जमा पनि निर्माणाधीन अवस्थामा रहेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad