कारोबार


भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबलका लाइन धमाधम काट्न थाल्यो प्राधिकरणले

भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबलका लाइन धमाधम काट्न थाल्यो प्राधिकरणले

नेपालखबर
असोज १६, २०७८ शनिबार १५:३१, काठमाडौँ

पोल, अप्टिकल फाइबरलगायत संरचना प्रयोग गरेबापत भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरूको लाइन नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) देखि धमाधम काट्न सुरु गरेको छ। 

बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न दिइएको समयसीमा शुक्रबारसम्म पनि सम्पर्कमा नआउने त्यस्ता सेवा प्रदायकहरूका लाइन काट्न थालिएको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए। 

‘हिजोसम्म अल्टिमेटम दिएका थियौं, सम्पर्कमा आउनेहरूको लाइन यथावत् राख्दै सम्पर्कमा नआउनेहरूको लाइन आजदेखि काट्न सुरु गरेका हौं’, शनिबार दिउँसो ती कर्मचारीले नेपालखबरसँग भने।  

बक्यौता भाडा नतिर्नाका साथै गत चैतदेखि पोल प्रयोगको सम्झौता नवीकरण पनि नगर्ने सेवा प्रदायकहरूको लाइन देशव्यापी रूपमा काट्ने काम भइरहेको उनले जानकारी दिए। 

बक्यौता बुझाउन र सम्झौता नवीकरण गर्न पटक–पटक सूचना गर्दा पनि सुनुवाइ नगरेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad