कारोबार


स्कोडाको दसैँ अफर : मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशक

स्कोडाको दसैँ अफर : मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशक

नेपालखबर
असोज १५, २०७८ शुक्रबार १८:३८, काठमाडौँ

नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैँ तिहारलक्षित ग्राहक योजना सार्वजनिक गरेको छ।

ड्राइभ इन फेस्टिभ ह्विथ स्कोडा कुशक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशक खरिद गर्न सक्नेछन्।

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशक चढ्न पाउने छन्। नेपाल बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैँ योजना ल्याएको जनाएको छ।

कम्पनीका अनुसार सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन। र्‍यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ। 

ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसोरिज, १ वर्षको निशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनेछन्।

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशकका तीन भेरियन्ट उपलब्ध छ। विश्वमै लोकप्रिय टिएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो। 

दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई कारपारखीमाझ स्थापित भइसकेको छ। 

बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिंग फनका कारण स्कोडाका कार निकै लोकप्रिय छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad