कारोबार


गौतम अदानी हरेक दिन कमाउँछन् १६०३ करोड, फेरि बने एसियाको दोस्रो सबैभन्दा धनी व्यापारी

गौतम अदानी हरेक दिन कमाउँछन् १६०३ करोड, फेरि बने एसियाको दोस्रो सबैभन्दा धनी व्यापारी

गौतम अदानी


नेपालखबर
असोज १४, २०७८ बिहिबार १८:८, काठमाडौँ

अदानी ग्रुपका मालिक गौतम अदानी एसियाको दोस्रो धनी व्यापारी बनेका छन्। पछिल्लो एक वर्षमा उनले हरेक दिन १ हजार २ करोड (नेपाली रुपैयाँ १६०३.२ करोड) कमाएका छन्। यतिबेला उनको सम्पत्ति ५.०५ लाख करोड रुपैयाँ (भारु) भएको छ। एक वर्षअघि उनको सम्पत्ति १.४ लाख करोड रुपैयाँ (भारु) थियो। 

सबैभन्दा धनी मुकेश अम्बानी
भारतको सबैभन्दा धनी परिवार मुकेश अम्बानीको परिवार हो। उनले पछिल्लो एक वर्षमा हरेक दिन १६३ करोड रुपैयाँ (भारु) कमाएका छन्। उनको सम्पत्ति ९ प्रतिशत बढेको छ। उनको सम्पत्ति अहिले ७.१८ लाख करोड रुपैयाँ (भारु) पुगेको छ। 

अम्बानीले भन्दा अदानीले पछिल्लो एक वर्ष दैनिक ६ गुणा बढी कमाएका छन्।  

अदानीको सम्पत्ति चार गुना बढ्यो
आईआईएफएल वेल्थ हुरुन इन्डिया रिच लिस्ट २०२१ अनुसार गौतम अदानीको सम्पत्ति एक वर्षमा झन्डै ४ गुणा बढेको छ। यसले गर्दा ५९ वर्षीय अदानी फेरि एसियाको दोस्रा धनी व्यापारी बनेका छन्।

यसै वर्ष मेमा उनी एसियाको दोस्रो सबैभन्दा धनी व्यापारी बनेका थिए। तर उनका कम्पनीहरूमा विदेशी लगानीकर्ताको खबरले जुन महिनामा उनका कम्पनीका सेयर ठूलो मात्रामा घट्यो। यसले गर्दा उनको निजी सम्पत्ति घट्यो। ​दैनिक भास्करबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .