कारोबार


इन्भेष्टमेन्ट बैंकद्वारा फोकसवान र भिसाको सहकार्यमा मोकोबाट ‘स्क्यान टु पे’ सेवा सुरु

इन्भेष्टमेन्ट बैंकद्वारा फोकसवान र भिसाको सहकार्यमा मोकोबाट ‘स्क्यान टु पे’ सेवा सुरु

नेपालखबर
असोज १४, २०७८ बिहिबार १२:९, काठमाडौँ

फोकसवान पेमेन्ट सोलुसन र भिसाले पहिलो पटक नेपाल इन्भेष्टमेन्ट बैंकको सहकार्यमा ‘मोको’बाट स्क्यान–टु–पे नेपालमा सुरुवात गरेको छ।

फोकसवान पेमेन्ट सोलुसन नेपाल राष्ट्र बैंकद्वारा लाइसेन्सप्राप्त एक भुक्तानी सेवा प्रदायक संस्था हो। 

कम्पनीले आफ्नो मोबाइल डिजिटल वालेट ‘मोको’ यो सेवा आजदेखि सुरू गरेको छ। 

मोकोमा प्रयोगकर्ताहरु सजिलै आफ्नो फोनमा भिसा कार्ड विवरण लिंक गर्न सक्छन्। एक मर्चेन्ट्मा प्रदर्शित क्युआर कोड स्क्यान गरेर लेनदेनको लागि भुक्तानी सुरू गर्न सक्छन्।  

कम्पनीका अनुसार पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्ड प्रोटोकलबाट मान्यता पाएकोले यो एप सुरक्षित छ। 

यो क्युआर भुक्तानीको प्रक्रियाबाट प्रयोगकर्ताहरुले एउटा मोबाइल एपको प्रयोगले नै क्युआर कोडको माध्यमबाट विभिन्न मर्चेन्ट आउटलेटहरुमा  भुक्तानी गर्न सक्छन्। 

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका भिसा कार्ड  प्रयोगकर्ताहरुले अब ‘मोको’ एपमा आफ्नो डेबिट वा क्रेडिट कार्डहरु लिंक गरी खरिद तथा विभिन्न सेवाहरु टेलिकम टप अप, इन्टरनेट र बिजुली बिल भुक्तानीको लागि प्रयोग गर्न सक्नेछन्। 

यो सेवा लिन डिजिटल वालेटमा ग्राहकले पटक–पटक ब्यालेन्स लोड  गरी रहनु नपर्ने तथा हरेक समय ‘मोको’ प्रयोगकर्ताहरुले लेनदेनको समयमा अपलोड गरिएको भिसा कार्डबीच कुनै पनि कार्ड छनौट गर्न सक्छन्।

मोको प्रयोगकर्ताहरुले किनमेलको समयमा एपमा अपलोड गरिएको कुनै पनि भिसा कार्ड भुक्तानीका लागि छनौट गर्न सक्छन्। अन्तर्क्रिया सिस्टमयुक्त मोको धेरै बैंक कार्डहरुको लागि एकल डिजिटल एक एकल वालेटको रूपमा कार्य गर्दछ।

भिसाको लागि नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बासु भन्छिन्, ‘हामी मोकोको साथ स्क्यान–टु–पे सुविधा सुरु गर्न पाउँदा खुसी छौँ। भिसाको लक्ष्य सधैँ सबैको लागि सजिलो सेवा सबैमा पु¥याउनुरहेको छ। सबैप्रति समर्पित एक नेटवर्कको रुपमा हामी डिजिटल भुक्तानीलाई कार्ड प्रयोगकर्ता तथा व्यापारीहरुमाझ अधिक सुविधाजनक, सहज र सुरक्षित बनाउन चाहन्छौँ।’ 

यो साझेदारीको साथ नेपालका प्रयोगकर्ताहरु अब आफ्नो भिसा कार्डको विवरण स्मार्टफोनमा प्रयोग गरी ढुक्कले क्युआर पेमेन्ट गर्न सक्ने उनले बताइन्। यो सेवा व्यापारीहरुले पनि फाइदाजनक तरिकाले प्रदान गर्न सक्ने उनको भनाइ छ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्र पाण्डेले भने, ‘नियामकको क्युआर पेमेन्ट अनुभवलाई लोकप्रिय बनाउने लक्ष्यलाई ध्यानाकर्षण गर्दै नेपालको एक भुक्तानी सेवा प्रदायक फोकसवान पेमेन्ट सोलुसनसँग सम्झौता गर्दै हाम्रा भिसा कार्ड प्रयोगकर्ताहरुका लागि एक अन्तर्राष्ट्रिय क्युआर प्लेटफर्म  सुचारु गरेका छौँ।’ 

फोकसवान पेमेन्ट सोलुसन सहसंस्थापक र मुख्य कार्यकारी अधिकृत प्रणय राजभण्डारीका अनुसार ‘मोको’, एक पहिलो किसिमको ‘ओपन लुप नन–स्टोर भ्यालु’ डिजिटल वालेट हो जसमा ग्राहकहरुले सजिलै आफ्नो कार्डको विवरण राखी तुरुन्तै प्रयोगमा ल्याउन सक्छन्। 

कम्पनीले आगामी महिनाहरुमा १० भन्दा बढी अन्य बैंकहरुसँगको सेवा थप गर्नेछन् र निकट भविष्यमा सबै बैंक र वित्तीय संस्थाहरुमा सेवा विस्तार गर्ने योजना राखेको उनले बताए। 

‘मोको’ एप गुगल प्ले स्टोर र एप्पल एप  स्टोरमा डाउनलोडको लागि उपलब्ध छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad