कारोबार


ग्लोबल आईएमई र जनता बैंकबीच मर्जर, तीन सय बढी शाखा सञ्जाल

ग्लोबल आईएमई र जनता बैंकबीच मर्जर, तीन सय बढी शाखा सञ्जाल

नेपालखबर
कात्तिक ८, २०७६ शुक्रबार १२:३५,

ग्लोबल आईएमई बैक र जनता बैंक नेपाल मर्जर भएका छन्।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा ग्लोबल आईएमई बैकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनता बैक नेपालका अध्यक्ष केशव बहादुर रायमाझीले हस्ताक्षर गरेका छन्।

दुवै बैंकले नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति पश्चात एकीकृत कारोबार सुरु गर्नेछन्। यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए। मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई बैक र त्यसको अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ। हस्ताक्षर कार्यक्रममा बोल्दै ग्लोबल आईएमई बैंकका अध्यक्ष ढकालले मर्जर पछि ग्लोबल आईएमई बैक सबै भन्दा ठुलो बैंक भएकाले निकट भविश्यमा नै सबै जिल्लामा सेवा विस्तार गरिने बताए।

मर्जर पछिको बैंकको सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना सदस्य रहने सहमति गरिएको छ। मर्जर पछि बैंकको चुक्ता पुँजी करिब १९ अर्ब, कुल निक्षेप २ खर्ब भन्दा बढी र कुल लगानी २ खर्ब पुग्ने छ। त्यस्तै बैंकको शाखा सञ्जाल ३ सय भन्दा बढी र ३ हजार २ सय बढी कर्मचारी रहनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad