इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले १२ मिलियन डलर बेलायती कम्पनीको लगानी भित्र्याएको छ। बेलायतको विकास वित्त संस्था सीडीसीले उक्त लगानी गरेको हो।
नेपालमा थप गुणस्तरीय सेवा प्रदान गर्न तथा इन्टरनेट सञ्जाल अझै विस्तार गर्न उक्त लगानी प्रयोग गरिने वर्ल्डलिंकले आज एक कार्यक्रममार्फत जानकारी दिएको छ।
देशका अधिक दुर्गम क्षेत्रहरूका हजारौं घरपरिवार र साना उद्यमीहरूलाई इन्टरनेटमा जोड्न आफ्नो लगानीले सहयोग पुर्याउने सीडीसीले जनाएको छ।
वर्ल्डलिंकका प्रबन्धनिर्देशक दिलीप अग्रवालले भने, ‘नेपालको पहिलो सेयर लगानीको साझेदार हुन पाएकोमा यतिबेला गौरव अनुभूति गरिरहेको छौं र आफूप्रतिको विश्वासलाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्छाैँ।’
प्रतिक्रिया