ad ad

कारोबार


चेम्बर पदाधिकारीद्वारा स्पेन र अस्ट्रेलियाका लागि नेपाली राजदूतसँग भेटवार्ता

चेम्बर पदाधिकारीद्वारा स्पेन र अस्ट्रेलियाका लागि नेपाली राजदूतसँग भेटवार्ता

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार १२:२७,

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फुजी शेर्पा तथा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालबीच बिहीबार चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठसहितको भेटघाटमा स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फुजी शेर्पाले आफूले दुई मुलुकबीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले निजी क्षेत्रको सुझावअनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रवद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसँग सम्पर्कमा रहेर कार्य गर्ने बताए। कार्यक्रममा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहालले नेपालमा उत्पादित वस्तुको बजार विस्तार गर्नु आफ्नो प्राथमिकतामा रहेको र द्विपक्षीय सम्बन्ध विस्तार गर्न आफूले कार्य योजना बनाई सहजीकरण गर्ने बताए।

उनले नेपाल निर्मित गरगहनाको निकासी बढाउन, नेपालमा लगानी अभिवृद्धि गर्न, द्विपक्षीय वाणिज्य सम्बन्ध वृद्धि गर्न, द्विपक्षीय भ्रमणको आदानप्रदान गर्न आफूले जोड दिने बताउँदै नेपाल अष्ट्रेलियाबीच पर्यटन प्रवद्र्धन गर्न सिधा हवाइसेवाको मूर्तरुपमा कार्य गर्न सरोकारवालाहरुसँग छलफल गर्ने बताएका छन्।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा जलविद्युत, पर्यटन, खल्का पेय पदार्थको उत्पादन लगायतका क्षेत्रमा स्पेनी लगानी एवं प्रविधि भित्र्याउन कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए। अध्यक्ष श्रेष्ठले विशेष गरी नेपाल र नेपाली उत्पादन एवं लगानीका क्षेत्रहरुको प्रवर्द्धन गर्न आर्थिक कूटनीति सक्रिय हुनुपर्ने बताए।

पछिल्लो तथ्यांकअनुसार सन् २०१८ मा स्पेनसँग ५४ लाख ८६ हजार अमेरिकी डलर बराबर व्यापारघाटा रहेको छ। जसमा नेपालमा स्पेनबाट सन् २०१८ मा २ लाख ७० हजार अमेरिकी डलर बराबर आयात भएको छ भने नेपालबाट स्पेनमा २७ लाख ८३ हजार अमेरिकी डलरबराबर निर्यात भएको छ।

नेपालले स्पेनतर्फ तयारी पोसाक, गलैँचा, हस्तकलाका सामग्रीहरु निर्यात गर्दैै आएको र स्पेनबाट मेसिनरी पार्टपुर्जाहरु, मेडिकल उपकरणहरु तथा पेय पदार्थ आयात गर्दै आएको पाइन्छ।

त्यस्तै सन् २०१८ मा अष्ट्रेलियासँग १ करोड १९ लाख ४३ हजार अमेरिकी डलरबराबर व्यापारघाटा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .