ad ad

रोचक


वृद्धा आमालाई स्कुटरमा लिएर तीर्थयात्रामा निस्किएका कलियुगका श्रवण!

वृद्धा आमालाई स्कुटरमा लिएर तीर्थयात्रामा निस्किएका कलियुगका श्रवण!

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार १२:२५,

उनी सन् २०१८ को जनवरीदेखि अहिलेसम्म यात्रामै छन्। पछिल्ला २० महिनामा उनले आमालाई भारतका १८ राज्यका तीर्थस्थलको दर्शन गराइसकेका छन्।

उनी नेपाल र भुटानका केही तीर्थस्थल पनि पुगिसकेका छन्। उनले हालसमम ४८ हजार किलोमिटरको यात्रा स्कुटरबाट नै पूरा गरेका छन्।

भारतीय संचारमाध्यम ताप्ती धाराका अनुसार आमाको यसप्रतिको आदर र प्रेम देखेर मानिसहरूले उनलाई २१औं शताब्दीको श्रवण कुमारको उपाधि दिएका छन्।

श्रवण कुमारको कथा निकै प्रचलित कथा हो। श्रमण कुमारले आफ्ना आखा नदेख्ने बाआमालाई जीवनभर काँधमै बोकेर हिँडेको बुझिन्छ।

आमासँग तीर्थयात्रा गर्नका लागि कुमारले बैंग्लोरमा कर्पोरेट क्षेत्रमा गरिरहेको जागिर पनि छाडिदिएका छन्। उनी आफ्नो २० वर्ष पुरानो बजाज चेतक स्कुटरमा तीर्थयात्रामा निस्किएका हुन्।

खासमा, कुमारकी आमा चूडारत्ना कर्नाटकको मैसुरमा एक्लै बस्ने गर्थिन् र उनले आफ्ना छोरासँग आफूले बेलुरहडवी हेर्न चाहेको बताएकी थिइन्।

कृष्णा कुमार भन्छन्,‘संयुक्त परिवारमा मेरा पिताको निधनभन्दा अगाडि मेरी आमा भान्सामा मात्र व्यस्त हुने गर्नुहुन्थ्यो। मैले आमाले पनि राम्रोसँग समय बिताउने हक छ भनेर यो निर्णय लिएको हुँ। त्यसैले पनि बुबालाई २० वर्षअघि गिफ्ट दिइएको चेतक स्कुटरमा आमालाई लिएर घुमाउन निस्किएको हुँ।’

उनी भन्छन्,‘भगवान देख्नु भएको छैन भने आफ्ना आमाबुबालाई हेर्नुहोस्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .