कारोबार


सिद्धार्थ बैंकद्वारा १० प्रतिशत बोनस सेयर, १५.२६ प्रतिशत नगद लाभांस प्रस्ताव

सिद्धार्थ बैंकद्वारा १० प्रतिशत बोनस सेयर, १५.२६ प्रतिशत नगद लाभांस प्रस्ताव

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार १२:११,

सिद्धाार्थ बैंक लिमिटेडको १८ औं वार्षिक साधारण सभा बिहीबार काठमाडौंमा सम्पन्न भएको छ। बैंकका अध्यक्ष मनोज कुमार केडियाको अध्यक्षतामा सभा सम्पन्न भएकोे छ।

साधारण सभाले बैंकको चुक्ता पूँजी रु आठ अर्ब ८८ करोड ७६ लाख चार हजार पाँच सय ४० को १० प्रतिशत बराबरको रु ८८ करोड ८७ लाख ६० हजार चार सय ५४ बोनस शेयर तथा १५.२६ प्रतिशत बराबरको रु एक अर्ब ३५ करोड ६५ लाख २९ हजार एक सय १४ नगद लाभांश प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको छ। २०७६ आश्विन मसान्त सम्ममा बैंकले १२४ अर्ब निक्षेप संकलन गरेको छ भने रु ११३ अर्ब कर्जा लगानी गरेको छ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले देशभर १६७ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १८६ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .