ad ad

कारोबार


सेयरबजारमा ५ अर्बको मात्रै कारोबार, सूचक दोहोरो अंकले घट्यो

सेयरबजारमा ५ अर्बको मात्रै कारोबार, सूचक दोहोरो अंकले घट्यो

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १५:४४, काठमाडौँ

बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। 

नेप्से १८.५४ अंकले घटेर २९२९.२८ विन्दुमा पुगेको छ भने सेन्सिटिभ सूचक ३.२१ अंकले ओरालो लागेको हो। 

आजको कारोबारमा २ सय २२ कम्पनी सामेल भएका छन्। 

मंगलबार १ करोड ६ लाख कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा ५९ हजार ८ सय ५४ पटकको खरिदबिक्रीमा ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार रुपैयाँको कारोबार भएको छ। 

आज सबै समूहका सूचक राताम्य छन्। दुईवटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने लगानीकर्ताहरुले अधिकतम आज ५.५६ प्रतिशतसम्म गुमाएका छन्। 

आज अधिकतम २७ करोडसम्मको कारोबार भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .