ad ad

कारोबार


पद्मा कोलोनीमा ३ करोडसम्मका घर, के छन् सुविधा?

पद्मा कोलोनीमा ३ करोडसम्मका घर, के छन् सुविधा?

वसन्त अर्याल
भदौ ९, २०७८ बुधबार ७:४९, काठमाडौँ

पद्मा कोलोनीले काठमाडौंमा निर्माणाधीन चौथो फेजका हाउजिङको बुकिङ खुल्ला गरेको छ। 

नागार्जुन नगरपालिकाको टौखेलमा कोलोनीले चौथो फेजको हाउजिङ निर्माण गरिरहेको छ। 

त्यसको काम अन्तिम चरणमा पुगेको कोलोनीले जनाएको छ।  

चौथो फेजमा निर्माणाधीन घरको सुरुवाती मूल्य २ करोड छ। कोलोनीभित्रका घर ३ देखि ५ आना जग्गामा बनेका छन्। 

सीतापाइलानजिकै नागार्जुन डाँडाको काखमा अवस्थित अत्याधुनिक सुविधासम्पन्न घरहरू विशेष छुटमा बुकिङ भइरहेको कम्पनीले जनाएको छ। 

पद्मा कोलोनी प्रालिकी मार्केटिङ म्यानेजर रश्मी वज्राचार्यले चौथो फेजको हाउजिङ निर्माण काम अन्तिम चरणमा पुगेको जानकारी दिइन्।  

‘सबै घर निर्माणाधीन अवस्थामै छन्’, वज्राचार्यले नेपालखबरसँग भनिन्, ‘कुनै घरको रंगरोगन गरिएको छ भने कुनैको हुँदै छ।’

कम्पनीले चौथो फेजमा ७० वटा युनिट रहने उल्लेख गरेको छ। हालसम्म एक दर्जन घर बुकिङ भइसकेका छन्। 

हाउजिङको वरिपरि हरियाली रहेको छ। सहरी कोलाहलभन्दा टाढा नागार्जुन डाँडाको छेउमा शान्त छ। डाँडाको नजिकै जंगल भएको हुँदा त्यहाँको वातावरण शीतल पनि छ। 

चौथो चरणमा निर्माण भइरहेको कोलोनी उचाइमा भएकाले काठमाडौंको मनोरम दृश्य देख्न सकिन्छ। 

कम्पनीले चौथो फेजका घर चाडपर्व लक्षित गर्दै विशेष छुटका साथ बुकिङ खुल्ला गरेको जनाएको छ। 

‘हामीले सबै घरको बुकिङ खुल्ला गरिसकेका छौँ। ग्राहकले आवश्यकताअनुसार बुकिङ गर्न सक्नेछन्’, वज्राचार्यले भनिन्, ‘२ देखि ३ करोडसम्म आफ्नो सुविधाका घर छनोट गर्न पाइन्छ।’

कम्पनीले अहिले बुकिङ गरेका घर दशैँ तिहारसम्म सर्न सकिने उल्लेख गरेको छ। पद्मा कोलोनीका घर भूकम्प प्रतिरोधात्मक प्रविधिअनुसार निर्माण गरिएको छ।  

बसोबासका लागि एकदमै मनोरम र सुरक्षित घरहरू वास्तुशास्त्रलाई मध्यनजर गरी निर्माण गरिएका छन्। 

घरमा बिहानदेखि बेलुकीसम्म घाम नछेकिने गरी निर्माण भएका छन्। घरमा पर्याप्त खानेपानीको व्यवस्था छ। कोलोनीमा सफा खानेपानीको उचित प्रबन्ध हुनुका साथै व्यवस्थित ढल निकास प्रणाली छ। 

कोलोनीभित्र व्यक्तिगत घर खरिद गर्दा सरल बैंकिङ सुविधा उपलब्ध छ। कम्पनीले घर खरिद गर्दा सजिलो भुक्तानी विकल्प दिएको जनाएको छ। 

घर तथा कोलोनीको सुरक्षाका लागि चोबीसै घण्टा सीसीटीभी र सुरक्षागार्डको व्यवस्था रहनेछ। 

ग्राहकको मागअनुसार ननफर्निस, सेमिफर्निस र फुल्ली फर्निससहितका घर उपलब्ध छन्। जसको मूल्य पनि फरक–फरक हुने कोलोनीले जनाएको छ।  

कोलोनीमा ३ वटा बेडरुमसहित हल, किचन भएको र ४ वटा बेडरुमसहित, हल र किचनसहितका गरी २ प्रकारका घर छन्।  

हाउजिङमा सुविधाको रुपमा स्विमिङ पुल, जिम एन्ड योगा हल रहेको छ। बालबच्चाहरूको लागि बगैँचा तथा मनोरञ्जन स्थल छ। 

हरियाली क्षेत्रले घेरिएको कोलोनीमा ६ मिटरको सडक हुनेछ। अहिले पहिलो फेजको २ सय मिटरनजिकै चौथो फेजको काम भइरहेको कम्पनीले जनाएको छ। 

७ वटा हाउजिङ निर्माण योजना, ४ वटा सकिए
पद्मा कोलोनीले पहिलो प्रोजेक्ट सीतापाइला, दोस्रो फेज ललितपुरको कुसुन्ती, तेस्रो फेज नागार्जुन नगरपालिका रामकोट र चौथो फेजअन्तर्गत टौखेल नागार्जुनमा हाउजिङ निर्माण गरेको छ। 

कम्पनीका अनुसार तेस्रो चरणका सबै काम सम्पन्न भइसकेको जानकारी दिएको छ। 

तेस्रो फेजमा निर्माण भएका अधिकांश घर बुकिङ भइसकेका छन्। कम्पनीले केही घर अझै बुकिङ बाँकी रहेको जनाएको छ। 

पद्मा कोलोनी तेस्रो चरणअन्तर्गत सीतापाइलामा सीमित घर मात्रै बाँकी छन्। कम्पनीले ती घरहरू नजिकिँदो बडादशैँ तथा शुभ दीपावलीको उपलक्ष्यमा छुटका साथ बुकिङ्ग खुल्ला गरेको छ। 

त्यस्तै कम्पनीले काठमाडौं रामकोटकै डाडाँपौवामा पाँचौँ चरण, सुनसरीको इटहरीमा छैठौं चरण र काठमाडौंको ठूलो भर्‍याङमा सातौँ चरणको हाउजिङ निर्माण गर्ने योजना बनाएको छ। 

‘चौथो चरणसम्मको काम भएको छ। त्यसपछिका हाउजिङको योजना भए पनि काम अझै सुरु भएको छैन’, वज्राचार्यले भनिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .