विभिन्न ६ किसान संगठनहरूले उखु किसानको बक्यौता रकम भुक्तानी गर्न माग गरेका छन्।
६ किसान संगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी चिनी मिलहरूले वर्षौंदेखि रोकिराखेको किसानको बक्यौता रकम भुक्तानी गर्न सरकारसँग माग गरेका हुन्
अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ(अप्फा), अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले संयुक्त विज्ञप्ति प्रकाशित गरी केपी ओली सरकारले उखु किसानहरूले पाउनुपर्ने भुक्तानी तत्काल उपलब्ध गराउने आश्वासन दिएर कार्यान्वयन नगरेको आरोप लगाएका छन्।
उनीहरूले ‘उखु किसानहरूले चिनी मिलहरू र अन्य व्यापारीहरूलाई बेचेको उखुको भुक्तानी बापत प्राप्त गर्नुपर्ने सम्पूर्ण रकम (व्याज तथा हर्जाना समेत) एकमुष्ट रुपमा र सरकारको तर्फबाट प्रदान गर्न’ माग गरेका छन्।
६ किसान संगठनले किसानहरूको रकम तत्काल भुक्तानी नगरिएमा चिनी उद्योगी तथा व्यापारीहरू र सरकारको विरुद्धमा कडा संघर्षमा उत्रने चेतावनी दिएका छन्।
Shares

प्रतिक्रिया