कारोबार


इन्टरनेट व्यवसायीका जफत उपकरण फिर्ता दिन माग

इन्टरनेट व्यवसायीका जफत उपकरण फिर्ता दिन माग

इन्टरनेट व्यवसायीका जफत सामग्री। तस्बिर : आईस्पान


नेपालखबर
भदौ ६, २०७८ आइतबार १३:३६, काठमाडौँ

इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले चितवनस्थित भरतपुरमा नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले जफत गरेका दूरसञ्चार उपकरण फिर्ता पाउन माग गर्दै विद्युत् प्राधिकरण दरबारमार्ग काठमाडौँमा उजुरी दर्ता गरेको छ।  

नेपाल दूरसञ्चार प्राधिकरण, गृह मन्त्रालय, भरतपुर विद्युत् प्राधिकरण, जिल्ला प्रशासन कार्यालय भरतपुर, सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा बोधार्थ जानकारीसहित उजुरी दर्ता गरेको हो।

भरतपुर विद्युत् प्राधिकरणका कर्मचारीले दूरसञ्चार उपकरण ४ दिनसम्म पनि फिर्ता नगर्दा इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुले इन्टरनेट समयमा मर्मत गर्न नपाउँदा आमउपभोक्ताहरुले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिङ कारोबार गर्नबाट वन्चित हुन पुगेको आईस्पानले जनाएको छ।

कोभिड–१९ मा डिजिटल शिक्षा, स्वास्थ्य लगायत संवेदनशील क्षेत्र र सिङ्गो अर्थतन्त्रलाई चलायमान राखिरहेको अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पर्ने गरी दूरसञ्चार उपकरण फिर्ता नगर्दा भरतपुरका आमउपभोक्ताहरुले इन्टरनेट सेवाबाट वञ्चित भएको आईस्पानले जनाएको छ।

‘नागरिकका लागि गाँस, बास, कपास र  इन्टरनेट आधारभूत आवश्यकता भइसकेको छ र अति आवश्यक सेवामा परेको इन्टरनेट सेवाको तार काट्दा वा दूरसञ्चार उपकरणमा हानि नोक्सानी गरेमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसुरको मात्रा हेरी त्यस्तो व्यक्तिलाई हानि नोक्सानीको बिगोबमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ’, आईस्पानले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad