हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले देशभरका शोरुममा एक्सचेन्ज अफर सुरु गरेको छ। भदौ २ गते सुरु एक्स्चेन्ज अफर १५ दिनसम्म चल्ने कृष्ण इन्टरनेसनलका सेल्स म्यानेजर रुक्सान खत्रीले जानकारी दिए।
एक्स्चेन्ज गर्दा पुरानो बाइक तथा स्कुटरको मूल्यमा अतिरिक्त १५ हजार रुपैयाँ मूल्यांकन गरिने तथा नगदमा बाइक खरिद गर्दा पनि १५ हजार रुपैयाँ छुट प्रदान गरिने खत्रीले जानकारी दिए।
काठमाडौंको कमलपोखरीस्थित कृष्ण पाउरोटीसँगै कम्पनीको मुख्य शोरुम छ। काठमाडौं उपत्यकाको टेकु, नयाँबजार, चाबहिल र बनेपामा हाउजेको शोरुम छन्।
उपत्यका बाहिर चितवन, हेटौंडा, पोखरा, इलाम र संखुवासभामा अन्य शोरुम छन्। हाउजेको एनके १५० सीसीको बाइक धेरैको रोजाईमा परेको बताउँदै खत्रीले एक्स्चेन्ज अफरले ग्राहक अझै बढी आकर्षित हुने विश्वास व्यक्त गरे।
चिनियाँ मोटरसाइकल कम्पनी हाउजेका बाइकहरु नेपाली बजारमा लोकप्रिय रहेको खत्रीले बताए। कम्पनीले नेपालका मुख्य शहरमा हाउजेको शोरुम, सर्भिस सेन्टर र पार्ट्ससहितका डिलरहरु विस्तार गरिरहेको छ।
‘डर्ट सेगमेन्टको सो बाइकले नेपाली डर्ट बाइक बजारमा अर्को प्रतिस्पर्धा थपेको छ,’ खत्रीले भने।
यसमा प्रयोग गरिएको इन्जिन र च्यासिसको ब्यालेन्सका कारण राइडर जतिसुकै लामो र कठिन सडकमा पनि नथाक्ने कम्पनीको दावी छ।
इन्जिन वारेन्टी २ वर्ष रहेको छ भने फ्रि सर्भिस ६ पटकसम्म उपलब्ध छ र पार्टससमेत सर्वसुलभ मूल्यमा उपलब्ध रहेको खत्रीले जानकारी दिए।
‘बिक्रीपछिको सेवालाई प्राथमिकतामा राख्दै हामीले सेवा प्रदान गरिरहेका छौं,’ खत्रीले भने।
Shares

प्रतिक्रिया