नेपाल विद्युत् प्राधिकरणले चितवनमा इन्टरनेट सेवाका तारहरु सुनियोजित रुपमा काटेको भन्दै इन्टरनेट व्यवसायी आक्रोशित भएका छन्।
बुधबार चितवनको भरतपुर वितरण केन्द्रका कर्मचारीले अत्यावश्यक इन्टरनेट सेवाका तारहरु काटेको भन्दै इन्टरनेट सेवा प्रदायक संघ (इस्पान)ले विरोध गरेको हो।
संघले भनेको छ, ‘नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काट्ने काम गरी दूरसञ्चार उपकरणहरुमा समेत क्षति पुर्याएर दूरसञ्चार उपकरणहरुलाई नियन्त्रणमा लीई इन्टरनेट सेवा नै अवरुद्ध गराएको कुरा यो प्रेस बिज्ञप्ति मार्फत इन्टरनेट सेवा प्रदायक संघले सबैमा जानकारी गराउँछ।’

प्राधिकरण भरतपुर वितरण केन्द्रले लगेको इन्टरनेट व्यवसायीका सामान। तस्बिरः इस्पान
पोल भाडादर बारे उच्च निकाय (उmर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय) सँग छलफल चलिरहँदा चार काटिएको संघले जनाएको छ।
इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकोमा पनि संघले आपत्ति जनाएको छ।
‘हामी उक्त्त घटनाको गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, उmर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण समेत गराउँछौँ।’
यस्तो कार्य दूरसञ्चार ऐन, २०५३ ले गरेको व्यवस्थालाई अटेर र उल्लंघन गरी गरिएको उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन, २०५३ को परिच्छेद –१० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको संघले बताएको छ।


Shares

प्रतिक्रिया