इंग्लिस प्रिमियर लिगमा आइतबार राति न्युक्यासल युनाइटेड र वेष्टहाम युनाइटेड तथा टोटनह्याम हट्सपर र म्यानचेष्टर सिटी भिड्दै छन्।
शनिबार रातिदेखि सुरु प्रिमियर लिगको पहिलो चरणको खेलमा आज राति दुई खेल हुनेछ। न्युक्यासलको घरेलु मैदान सेन्ट जेम्स पार्कमा हुने खेलमा दुवै टोली सुखद सुरुवात गर्न चाहन्छन्। खेल राति पौने ८ बजे सुरु हुनेछ।
आजै राति सवा ९ बजे हुने खेलमा टोटनह्याम र म्यानचेष्टर सिटी खेल्नेछन्। घरेलु मैदानमा हुने खेलमा टोटनह्याम जितका लागि मैदान उत्रनेछन्।
आजको खेलमा कप्तान ह्यारी केन मैदान उत्रने नउत्रने विषयमा भने शंका छ। बिदा मनाउन गएका केन ढिला फर्केको र ५ दिनको क्वारेन्टिन बसाईका कारण पनि ढिला गरि सामुहिक प्रशिक्षणमा सहभागी भएका थिए।
यो सिजन टोटनह्याम पुगेका क्रिस्टियन रोमियो र ब्रायन गिल आजको खेलमा मैदान उत्रन सक्नेछन्। इङल्याण्डका मिडफिल्डर फिल फोडेन र बेल्जियमका केभिन डि ब्रुयन बिना नै सिटी आजको खेलमा मैदान उत्रनेछ।
Shares

प्रतिक्रिया