कारोबार


चिनियाँ चांगन अटोग्रुप नेपाली बजारमा प्रवेश गर्दै

चिनियाँ चांगन अटोग्रुप नेपाली बजारमा प्रवेश गर्दै

नेपालखबर
साउन २४, २०७८ आइतबार १४:२५, काठमाडौँ

चाङ्गन अटोग्रुपले नेपाली बजारमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको छ। 

नेपालस्थित एमएडव्लु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा यस चिनियाँ कम्पनीले नेपालमा आफ्नो उत्पादनहरूको बिक्रीवितरण गर्ने भएको हो। 

कम्पनीले पहिलो चरणमा सेडान, पिकअप र एसयूभी तथा दोस्रो चरणमा विभिन्न विद्युतीय गाडी नेपालमा बिक्रीवितरण गर्ने योजना बनाएको हो। 

सन् २०२१ मा चाङ्गन ब्राण्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी बिक्री हुन सफल भएको थियो। 

त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडीहरू विश्वका ६० मुलुकहरूमा बिक्री भएको थियो। 

चीनमा बिक्री र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चाङ्गन अटोग्रुपले उत्पादन गर्छ।

एमएडब्लु स्कोडा, जीप, जेसीबी, यामाहा, फोटोन र एमएएनजस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्रान्डहरूको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता हो। 

यो अटोमोबाइल क्षेत्रमा काम गर्ने देशकै दोस्रो ठूलो कम्पनी हो।

सेडान, पिकअप, एसयूभी र र्इभीको साथै अवार्ड विनिङ युनिआई श्रेणीका ब्राण्डहरूको उत्पादनकर्ता चाङ्गनले नेपाली बजारमा आफ्नो एक बेग्लै छवि बनाउन सफल हुनेमा एमएडव्लुका अध्यक्ष विष्णुअग्रवाल विश्वस्त छन्। 

उनकाअनुसार भविष्यमुखी बनावट र नविन प्रविधिले सम्पन्न चाङ्गन ब्राण्डले समग्र नेपाली अटोमोबाइल उद्योगलाई नयाँ गति दिन सहयोग गर्नेछ। साथै एमएडव्लु चाङ्गन गाडीको ग्राहकहरूको लागि उत्कृष्ट सेवा सुविधा प्रदान गर्न प्रतिबद्ध रहेको उनको भनाइ छ। 

यसैगरी चाङ्गन अटोग्रुपका उपमहाप्रबन्धक देङ्गले एमएडव्लुसँग साझेदारी गर्दै नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरको उत्पादन ल्याउन पाउँदा आफूहरू खुसी भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad