कारोबार


सचिव मरासिनीद्वारा नेपाल बैंकमा राजीनामा, राष्ट्र बैंकमा शपथ

सचिव मरासिनीद्वारा नेपाल बैंकमा राजीनामा, राष्ट्र बैंकमा शपथ

नेपालखबर
साउन २०, २०७८ बुधबार १७:४१, काठमाडौँ

अर्थ मन्त्रालयमा सचिव भएर आएका मधु मरासिनीले नेपाल बैंकको सञ्चालक समिति अध्यक्षबाट राजीनामा दिएका छन्। 

उनी नेपाल बैंकमा नेपाल सरकार, अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा नेपाल बैंकको सञ्चालक समितिमा मनोनयन भई अध्यक्ष पदको जिम्मेवारीमा थिए। 

यही साउन १८ गते उनले पदबाट राजीनामा दिएका थिए। 

नेपाल बैंक छाडेका उनले बुधबार राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ लिएका छन्। सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा पद तथा गोपनीयताको शपथ लिएको राष्ट्र बैंकले जनाएको छ। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक, सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ।

सोही ऐनको दफा १०८ मा बैंकका गभर्नर र सञ्चालकले सर्वोच्च अदालतका प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, गभर्नरको कार्यालयका निर्देशक मुक्तिनाथ सापकोटालगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad