कारोबार


सुविधायुक्त सिनेमा हल आईएनआईमा प्रदर्शन सुरु

सुविधायुक्त सिनेमा हल आईएनआईमा प्रदर्शन सुरु

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार १३:४१,

राजधानीको आकर्षक क्षेत्र गोङ्गबुमा अत्याधुनिक सुविधायुक्त सिनेमा हल आईएनआईले प्रदर्शन प्रारम्भ गरेको छ। अत्याधुनिक सुविधा सम्पन्न यस हलमा दर्शकहरुले भरपूर मनोरञ्जन लिन सक्नेछन्।

आईएनआई सिनेमा हलले विभिन्न पक्षमा आधुनिकता समायोजन गरी दर्शकहरुको मन जित्ने प्रयास गरेको छ। यसमा अरुको तुलनामा ठूलो स्क्रीन र आकर्षक पिक्चर क्वालिटी रहेको छ भने विलासितापूर्ण आरामदायी सीटको प्रवन्ध गरिएको छ।

कर्माचार्य कम्प्लेक्स भित्र रहेको आईएनआई सिनेमा हलमा दुईवटा राम्रा दर्शकदीर्घा छन्, जहाँ एकैपल्ट दुईवटा सिनेमा देखाउन सकिन्छ। दुईवटा दर्शकदीर्घा (अडिटोरियम) मध्ये पहिलोमा १८१ सीट र दोस्रोमा १५४ सीट गरी जम्मा ३३५ सीटको प्रवन्ध गरिएको छ।

आईएनआईको विशेषता भनेको नेपालमा पहिलोपल्ट जी.डी.सी. सर्वर प्रविधि प्रयोग गरिएको छ, जसले गुणस्तरीय प्रदर्शन गर्ने क्षमता राख्दछ।

कलात्मक नमूनामा निर्माण गरिएका यी प्रदर्शनदीर्घामा ब्राङ्को २० सी र डी ३ डी प्रविधि प्रयोग गरिएकोले दर्शकलाई पूर्ण मनोरञ्जन प्राप्त हुनेछ। हललाई सम्भावित खतराबाट जोगाई पूर्ण सुरक्षित प्रविधिमा बनाइएको छ र दर्शकहरुका लागि हलभित्र नै विभिन्न प्रकारका धेरैथरि खानेकुराको व्यवस्था गरिएको छ। व्यवस्थापनले आफ्ना दर्शकहरुले यी हलहरुबाट पूर्ण मनोरञ्जन पाउने र नयाँ अनुभव पाउने विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad