कारोबार


भैँसेपाटीमा ‘लक्जरियस हाउजिङ’ : १३ करोडकाे भिल्ला, होम थिएटर र बार

भैँसेपाटीमा ‘लक्जरियस हाउजिङ’ :  १३ करोडकाे भिल्ला, होम थिएटर र बार

वसन्त अर्याल
साउन १८, २०७८ सोमबार ६:२०, काठमाडौँ

काठमाडौं उपत्यकामा ‘हाउजिङ हब’को रुपमा विकसित भइरहेको ललितपुरको भैँसेपाटीमा अल्ट्रा लक्जरियस ‍(उच्च विलासी सुविधायुक्त) हाउजिङ निर्माण भइरहेका छन्। 

त्यसमध्ये एक हो– सीजी होल्डिङ्सअन्तर्गतको सीजी प्रोपर्टिजले निर्माण गरिरहेको लक्जरियर्स भिल्लासहितको हाउजिङ। 

युनिक डिजाइनसहितको हाउजिङमा ३ तले र ४ तले एक्सक्लुसिभ भिल्ला (घर) बन्नेछन्। 

सामान्यतया ३–४ आनामा साढे २ तल्लाको हाउजिङ निर्माण भइरहँदा सीजीले एउटै घर कम्तीमा ६ आना क्षेत्रफलमा बनाइरहेको छ। 

सबैभन्दा बढी क्षेत्रफलको घर (भिल्ला) १० आनामा बनिरहेको कम्पनीको भनाइ छ। 

हरेक भिल्लामा व्यवस्थित निजी गार्डेन र टेरेस गार्डेन रहनेछन्। घरमा लिभिङ रुमसहित होम थिएटर, बारलगायतका सुविधा हुनेछन्। 

सोलर पावर ब्याकअप, सोलार वाटर हिटिङ, एयर कन्डिसनिङ सिस्टमसहितका घरमा वाटर प्रुफ पेन्ट्सको प्रयोगदेखि घरअगाडि खुल्ला बाटोको सुविधा हुनेछ। भिल्लामा ठूला सिसाका झ्याल हुनेछन्। 

भैँसेपाटी हाइटमा रहेका भिल्लाबाट हरेक बिहान उदाउँदो सूर्यसहित हरियाली पहाड र हिउँसहितका हिमाल देख्न सकिन्छ। हरेक कोठामा लक्जरियस बेडरुमसहित राम्रो फर्निसिङ हुने कम्पनीले जनाएको छ। 

हाउजिङमा ग्राउन्डवाटर रिप्लेनिसिङ टेक्नोलोजी जडान हुनेछ। यो भनेको पानी प्रशोधन र प्रयोगसम्बन्धी प्रविधि हो। यसले खेर जाने पानीलाई पुनः प्रयोगमा ल्याउन सकिन्छ। यो प्रविधि पर्यावरणमैत्री रहने कम्पनीले जनाएको छ।

यसका अतिरिक्त हाउजिङमा ‘होम अटोमेसन सिस्टम’ हुनेछ जसबाट घरका फिचर, गतिविधिमा स्वचालित र विद्युतीय माध्यमबाट रेखदेख गर्न सकिनेछ। 

उक्त भिल्लामा बस्दा विलासी जीवनशैलीको पूर्णतम अनुभव गर्न सकिने कम्पनीले दाबी गरेको छ। 

हाउजिङ २५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको  छ। 

८ महिनाभित्र सबै भिल्ला तयार, सुरु मूल्य ९ करोड 
सीजी प्रोपर्टिजकी मार्केटिङ एक्जुकेटिभ कुसुम सिंहले सबै घरको निर्माणकार्य द्रुतगतिमा भइरहेको जानकारी दिइन्। 

‘नौवटै घरको निर्माणकार्य भइरहेको छ’, सिंहले नेपालखबरसँग भनिन्, ‘एउटा घरमा इन्टेरियरको काम समेत सकिँदै छ। बाँकी घरको काम जारी छ।’

आगामी छदेखि आठ महिनाभित्र हाउजिङका सबै भिल्ला निर्माण हुने उनको भनाइ छ। 

घरको क्षेत्रफल र सुविधाअनुसार मूल्य कायम गरिएको उनले जानकारी दिइन्। 

‘अहिले बुकिङ खुल्ला नै छ। लक्जरियर्स भिल्लाको सुरुवाती मूल्य ९ करोड  छ’, उनले भनिन्, ‘हाई रेन्जको भिल्ला १३ करोड रुपैयाँ रहेको छ।’ 

लक्जरियर्स भिल्लाका खास विशेषता
अत्याधुनिक सुविधासम्पन्न हरेक भिल्ला ६ देखि १० आनासम्मको क्षेत्रफलमा बन्न लागेका हुन्।

हाउजिङभित्र टाइप ए र बीका ५ घर (भिल्ला) ६ आना १ धूरमा निर्माण हुने कम्पनीले जनाएको छ। यी घरमा डबल कार पार्किङ सुविधा रहनेछन्। 

टाइप ‘ए’का घरमा ग्राउन्ड फ्लोरमा डाइनिङ, किचन, लिभिङ, स्टोर, ट्वाइलेट, मेडरुम रहनेछ।  

यी भिल्लाका पहिलो तल्लामा मास्टर बेडरुमसहित ३ वटा कोठा, फेमिली लाउन्ज रहने सीजीले जनाएको छ। 

त्यस्तै, दोस्रो तल्लामा बेडरुमसहित व्यायामशाला हुनेछ।  

टाइप सीका भिल्लाहरू भने ६ आना ३ धूरमा निर्माण हुनेछन्। 

टाइप डीको घर १० आना, टाइप ईको ९ आनामा र टाइप एफको घर ६ आनामा बन्ने कम्पनीले जनाएको छ। 

टाइप सी, डी, ई र एफका घरहरू सेमी बेसमेन्टसहित चार तल्लाका छन्। यी घरहरूको बेसमेन्टमा (अडरग्राउन्ड) होम थिएटर, बार एन्ड लाउन्ज, लबी रुम, मेडरुम रहेका छन्। 

घरहरूको  ग्राउन्ड फ्लोरमा डाइनिङ, लिभिङ, किचन, स्टोररुम रहनेछन्। 

पहिलो तल्लामा मास्टर बेडरुमसहित ३ बेडरुम रहनेछन्। 

दोस्रो तल्लामा एउटा बेडरुमसहित व्यायामशाला, पूजा कोठा लाउन्ड्री रहनेछन्। 

हरेक घरको पहिलो तल्लामा बाल्कोनी र दोस्रो तल्लामा टेरेस हुनेछ। सबैभन्दा माथिको तल्ला आफूअनुकूल प्रयोग गर्न सकिनेछ।

ललितपुरको भैँसेपाटीमा रहेका हाउजिङबाट मेडिसिटी हस्पिटल ५ सय मिटर रहेको छ। 

भिल्लाबाट जाउलाखेल २ किमि, झम्सीखेल ३.२ किमि, उलियन स्कुल ३.८ किमि, भाटभटेनी सुपरपार्केट ३.५ किमि, सेल्सबेरी डिपार्टमेन्टल स्टोर २.८ किमि, लबिम मलको दूरी २.७ किमि, भिभान्ता होटल २.३ किमि छ। 

सीजीले पनौती भिलेज र सुनाकोठीमा दोस्रो फेजको हाउजिङ निर्माण गरिरहेको छ। कम्पनीले छिट्टै धापाखेलमा हाउजिङको बुकिङ खोल्ने जानकारी गराएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad