ad ad

कारोबार


निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

नेपालखबर
साउन १०, २०७८ आइतबार १३:३०,

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड–१९ को महामारीबाट संकटमा परेको पर्यटनलगायत सम्पूर्ण व्यवसायलाई पुनः लयमा ल्याउन खोप अनिवार्य भएको बताएका छन्। 

शनिबार दोलखाको चरीकोटमा होटल एम्ब्रोसियाको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रलाई खोपको प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका हुन्।

‘संकटमा परेको मुलुकको अर्थतन्त्रलाई पुनरोत्थानका लागि व्यवसाय र व्यवसायिक गतिविधिहरुलाई चलायमान बनाउन जरुरी हुन्छ। यसका लागि अहिलेलाई खोप नै प्रमुख उपाय देखिएको छ । त्यसैले नयाँ सरकारसँग मेरो अनुरोध छ छिटोभन्दा छिटो सबै जनतालाई खोपको व्यवस्था गरौँ’, उनले भने।

कोभिडपछि नेपालको पर्यटन व्यवसाय तहसनहस बनेको बताउँदै, ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्षसमेत रहेका ढकालले हालै मात्र बैंकले वार्षिक÷अनिवार्य विदा लिने बैंकका कर्मचारीहरुले कम्तीमा सात दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्नुपर्ने व्यवस्था गरेको बताए। 

‘कोभिडको महामारी कम नभई तत्कालका लागि विदेशी पर्यटकहरु आउने सम्भावना पनि कम रहेकोले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो। कोभिड–१९ को महामारीका कारण पूर्णरुपमा प्रभावित पर्यटन क्षेत्रलाई पुनरोत्थान गर्न तत्कालका लागि आन्तरिक पर्यटकहरुको खाँचो रहेको छ’, उनले भने। 

राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै उनले कर्पोरेट हाउस, बैंक तथा वित्तीय क्षेत्रहरुले पनि यसैगरी आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग गर्न सकेमा नेपालको पर्यटन क्षेत्र लयमा फर्कन धेरै समय नलाग्ने समेत बताए।

दोलखा जिल्लामा लगानीको सम्भावना निकै धेरै रहेको बताउँदै त्यसमा निजी क्षेत्रको छाता संगठनको वरिष्ठ उपाध्यक्षको हैसियतमा वा एक जना लगानीकोकर्ताको हैसियतमा जस्तोसुकै तरिकाबाट पनि आफ्नो सहभागिता रहने र त्यस्ता सम्भावित परियोजनाहरुमा आफूले लगानी गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .