कारोबार


कोही खान नपाएर, कोही बढी खाएर मर्ने स्थिति छः मन्त्री खनाल

कोही खान नपाएर, कोही बढी खाएर मर्ने स्थिति छः मन्त्री खनाल

नेपालखबर
असोज २९, २०७६ बुधबार ११:२२,

कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले मुलुकभित्रै उपलब्ध खाद्य पदार्थलाई व्यवस्थित गर्न नसकिएको बताएका छन्।

३९ औँ विश्व खाद्य दिवसको सन्र्दभमा बुधबार कृषि विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले मुलुकभित्रै आवश्यक खाद्य पदार्थ उपलब्ध भएपनि त्यसको समुचित व्यवस्थापन गर्न नसकिएको बताएका हुन्। भौगोलिक बनाबट, क्षेत्रगत रुपमा विद्यमान ऐतिहासिक कारण लगायतले खाद्य सुरक्षाको बारेमा पर्याप्त ज्ञान भएकाले त्यसको समुच्च व्यवस्थापनमा पनि समस्या देखिएको भनाई उनको थियो।

उनले भने, ‘खाद्य सन्र्दभमा आवश्यक खाद्य पदार्थ हुदै नभएको त होइन तर त्यसलाई व्यवस्थित गर्न नसकिएको चाही हो। त्यसको पछाडि केही हाम्रा ऐतिहासिक कारणहरु छन्। समाजको बनौट, हाम्रा विभिन्न डाँडापाखा, दुरदराजमा बनिएका गाउँ वस्तीहरु र त्यहाँ उत्पादन हुने रैथाने जातका उत्पादनहरु र ती जातहरुलाई अहिलेको सन्र्दभमा के चीज कमी छ के बढी छ? समुच्च के चाहीने? भन्ने त्यत्ति राम्रो जानकारी पुग्न सकेको छैन। अव्यवस्थित खाने शैली छ। कोही खान नपाएर र कोही बढी खाएर मर्ने स्थिति रहेको छ।’

उनले खाने शैलीमा परिर्वतन ल्याउनुको साथै खाद्य वितरण प्रणालीलाई पनि सुधार गर्नुपर्ने बताए। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन स्थापनाको सम्झनामा सबैलाई खाद्य सुरक्षा तथा पोषणबार जानकारी गराउने उद्देश्य साथ विश्व खाद्य दिवस १ सय ५० देशले मनाउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad