कारोबार


सेयरबजारमा सर्वोच्चको फैसलाको प्रभाव, ४३ अंकले ओर्लियो नेप्से

सेयरबजारमा सर्वोच्चको फैसलाको प्रभाव, ४३ अंकले ओर्लियो नेप्से

नेपालखबर
असार २८, २०७८ सोमबार १४:२४,

सोमबार दिउँसो सर्वोच्च अदालतले दोस्रोपटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएपछि सेयरबजारमा केही प्रभाव देखिएको छ। 

बजार परिसूचक नेप्से बिहान ११ बजे बजार खुलेयता नै ओरालो लागिरहेको थियो। तर दिउँसो १ बजेपछि अर्थात् पुनर्स्थापनाको फैसलाको समाचारसँगै ह्वात्तै ओर्लिएको हो। 

यो समाचार तयार पार्दासम्म ४३.३७ अंकले नेप्से घटेको छ। आज फैसला आउने लगभग निश्चित रहेको अवस्थामा अघिल्लो दिन ह्वात्तै बढेको सेयरबजार दोहोरो अंकले ओर्लिएको हो। 

२ बजेर १४ मिनेट जाँदासम्म बजार ह्वात्तै घटेको छ भने ८ अर्बको कारोबार भएको छ। अघिल्लो दिन पनि आठ अर्बको कारोबार भएको थियो। 

१३ वटै समूहका सूचक राताम्य छन् भने कमाउने लगानीकर्ताले ५.४८ प्रतिशतसम्म मात्रै कमाएका छन्। गुमाउनेले भने ७.०२ प्रतिशतसम्म गुमाएका छन्। 

बजारमा ३ बजे कारोबार बन्द हुन्छ। 

राजनीतिक उथलपुथलको सेयरबजारमा प्रभाव देखिने गर्छ। सर्वोच्चले प्रतिनिधिसभा विघटन बदरसँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्तिको आदेश समेत दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad