कारोबार


एनआरएनलाई ढकालले भनेः वातावरण छ, लगानी गर्नुस् मुनाफा लिनुस्

एनआरएनलाई ढकालले भनेः वातावरण छ, लगानी गर्नुस् मुनाफा लिनुस्

नेपालखबर
असोज २८, २०७६ मंगलबार १४:३५,

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल संघीय व्यवस्थामा प्रवेस गरेसँगै लगानीको वातावरण बन्दै गएको भन्दै यहाँ लगानी गरेर मुनाफा कमाउन गैर आवासीय नेपालीहरुलाई आग्रह गरेका छन्।

गैर आवासीय नेपाली संघको नवौँ महाधिवेशनलाई आज नेपालका एकजना उद्यमी र नेपाल उद्योग वाणिज्य महासंघको उपाध्यक्षका रुपमा सम्बोधन गर्दै भने, ‘सरकारले हाल लगानी गर्न उद्यमीहरुलाई उत्साहित गरेको छ, तीन तहको सरकार बनेपछि त लगानी भित्र्याउन एक किसीमले प्रतिश्पर्धा नै भएको छ भन्दा पनि हुन्छ।’

उनले थपे, ‘मलाई प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले व्यक्तिगत रुपमा भेटेर या फोन नै गरेर पनि आफ्नो प्रदेशमा पनि चन्द्रागिरिजस्तै केबलकार बनाउन आउन आग्रह गर्नुभएको छ, तपाईँ आउनुहोस् वातावरण हामी बनाइदिन्छौँ भन्ने गर्नुभएको छ।’

उनले नेपालमा गैर आवासीय नेपालीहरुसँग मिलेर २७ मेघावाटको दोर्दीखोला जलविद्युत र काठमाडौँमा रहेको चन्द्रागिरि केबलकार गरी दुइओटा प्रोजेक्ट गरेको र जुन नेपाली उद्यमशिलताको क्षेत्रमा राम्रा उदाहरणका रुपमा स्थापित भएको सबैमा विदितै रहेको उनले उल्लेख गरे।

यो सफलताले नेपालमा गैर आवासीय नेपाली साथीहरुसँगको संयुक्त लगानीमा धेरै काम गर्न सकिन्छ भन्ने उदाहरण नै बनेको भन्दै उनले थपे, ‘आउनुहोस् संयुक्त लगानी गरौँ या तपाईँहरु व्यक्तिगत रुपमै आएर लगानी गर्नुहोस्।’ आफू विदेश जाँदा कतिपय नेपाली साथीहरुले नेपालमा लगानीको वातावरण नै छैन भन्नेजस्ता कुरा गर्ने गरेको स्मरण गर्दै उनले भने, ‘हेर्नुहोस्, सोचेजस्तो त कहीँ पनि हुँदैन, अमेरिकामा नै पनि व्यवसाय गरिरहेका साथीहरुका त्यहीँको सरकारसँग आ–आफ्नै गुनासा छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad