कारोबार


अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

नेपालखबर
असोज २८, २०७६ मंगलबार १४:१५,

अजोड इन्स्योरेन्स लिमिटेडले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। ३० लाख कित्ता सेयर प्रति सेयर रु.१००/अंकित दरले साधारण सेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि अजोडले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो।

सो सेयर निष्काशन सम्बन्धी सम्झौता-पत्रमा अजोड इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापाले हस्ताक्षर गरे। अजोड इन्स्योरेन्स लिमिटेडको अधिकृत पूँजी रु.१ अर्व, जारी पूँजी रु.१ अर्व र चुक्ता पूँजी रु.७० करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु.१ अर्व हुनेछ।अजोड इन्स्योरेन्स लिमिटेड

कम्पनी ऐन, २०६३ अन्तर्गत २०६४ चैत २० मा पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई स्थापना भएको हो। २०७४ माघ २४ गते बीमा समितिबाट निर्जीवन बीमा कारोबार गर्न विमकको प्रमाणपत्र प्राप्त गरेको र यस कम्पनीले २०७४असार २१ गतेदेखि बीमा सम्बन्धी कारोवारको शुुभारम्भ गरेको हो। यस कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ महानगरपालिका वडा नं.११ स्थित सि.टि.सि. मल सातौं तल्ला सुन्धारा, काठमाण्डौंमा रहेको छ।

कम्पनीले कारोवार शुरु गरेको छोटो अवधिमै नेपालका मुख्य शहरहरु लगायत सातै प्रदेश स्थित प्रदेश नं. १ मा बिर्तामोड, इटहरी र बिराटनगर प्रदेश नं. २ मा लाहान, जनकपुर, चन्द्रपुर र बिरगंज प्रदेश नं. ३ मा हेटौडा, नारायणगढ र बनेपा काठमाडौं उपत्यका भित्र जोरपाटी, नयाँ बानेश्वर, बालाजु, कलंकी, किर्तिपुर, बुढानिलकण्ठ, पाटन र भक्तपुर, गण्डकी प्रदेशमा पोखरा, दमौली, कुश्मा प्रदेश नं. ५ मा बुटवल, भैरहवा, दाङ्ग, गुल्मी र नेपालगंज र पूर्बी रुकुम कर्णाली प्रदेशमा सुर्खेत, सुदुर पश्चिम प्रदेशमा धनगढी, गरि जम्मा २९ वटा प्रादेशिक, शाखा, उपशाखा कार्यालय र १९ वटा तेश्रोपक्ष बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गरि रहेकोछ। आ.व.२०७६÷०७७ मा थप ९ उपशाखा कार्यालयहरु दमक, सिमरा, टाँडी, चापागाउँ, कावासोती, पालुङटार, बुर्तिबाङ पश्चिम रुकुम र टिकापुरमा उपशाखा कार्यालयहरु संचालनको तयारीमा रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad