ad ad

कारोबार


गोल्छा ग्रुपद्वारा त्रिवि शिक्षण अस्पताललाई ३० वटा सामसुङ माइक्रोवेभ ओभन प्रदान

गोल्छा ग्रुपद्वारा त्रिवि शिक्षण अस्पताललाई ३० वटा सामसुङ माइक्रोवेभ ओभन प्रदान

नेपालखबर
असार २१, २०७८ सोमबार २०:१९,

गोल्छा ग्रुपले त्रिवि शिक्षण अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुका लागि ३० वटा सामसुङ माइक्रोवेभ ओभन सहयोग गरेको छ। 

गोल्छा ग्रुप​का निर्देशक सीमा गोल्छाले एक समारोहमा त्रिभुवन विश्वविद्यालयका न्स्टिट्युट अफ मेडिसिनका डीन प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरिन्।

कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल संगठनले आयोजना गरेको थियो।  

कार्यक्रममा गोल्छा ग्रुप​का निर्देशक सीमा गोल्छाले भनिन्, ‘हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ। हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको लामो समय खटिनु पर्ने कठिन तथा व्यस्त समयलाई राहत प्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ। यी निःस्वार्थी र समर्पित स्वास्थ्यकर्मीहरु प्रति कृतज्ञता व्यक्त गर्न यो अवसर पाउँदा हामी कृतज्ञ छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .