Draft


एस्टन मार्टिन डीबी५ कारकाे मूल्य ७३ करोड ५० लाख रुपैयाँ!

एस्टन मार्टिन डीबी५ कारकाे मूल्य ७३ करोड ५० लाख रुपैयाँ!

नेपालखबर
भदौ २, २०७६ सोमबार ९:५१,

जेम्स बोन्ड फिल्ममा प्रयोग गरिएको एस्टन मार्टिन डीबी५ लिलामीमा राखिएकाे छ। कारको लिलामी सुरुवाती मूल्य ७३ करोड ५० लाख रुपैयाँ रहेको छ।

कारमा ओरिजिनल फिल्ममा जस्तै मेसिन गन, बुलेटप्रुफ शील्ड, ट्रेकिङ डिभाइस, रिभल्भिङ नम्बर प्लेट, रिमुभेवल रुफ प्यानल, आयल स्लिक र नेल स्प्रेयरको साथमा स्मोक स्क्रिन रहेको छ। फिचरलाई सेन्टर आर्मरेस्टमा रहेको स्विचले कन्ट्रोलमा गरेको बताइएको छ।

लिलामीमा बिक्री हुने कार अहिले सम्मको सबैभन्दा महँगो कार रहेको छ। सन् १९६५ मोडलको बोन्ड कार रहेको छ। जेम्स बोन्ड ००७ को डीबी५ मध्ये एक रहेको छ । कार गोल्डफिगरको साथमा थन्डरबलको प्रमोसनमा पनि देखा परेको थियो । डीबी५ विशेष गरी इयान प्रोडक्शनको लागि तयार पारिएको थियो।

लिलामीभन्दा पहिला सो कार प्रि–सेल एक्जिबिसनमा राखिएको थियो । लिलामीको लागि ४ मिनेट ३० सेकेन्डको बोलीको समय राखिएको थियो। यसको लागि सात जनाले भाग लिएका थिए। छ जनाले अक्सको रुममा र १ जनाले फोनबाट भाग लिएका थिए। कार अक्सन रुममा रहेका जेम्स बोन्डका एक फ्यानलाई बिक्री गरिएको थियो। बिजनेस इन्साइडरबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .