Draft


कांग्रेस संसदीय दलको निर्णय: देउवाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने

कांग्रेस संसदीय दलको निर्णय: देउवाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने

नेपालखबर
बैशाख २५, २०७८ शनिबार १६:४०,

नेपाली कांग्रेस संसदीय दलले पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ।

‘यो बैठक नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०७७ चैत्र २१ गतेको बैठकले पारित ‘प्रधानमन्त्री श्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने’ प्रस्ताव अनुमोदन गर्दै प्रतिनिधि सभाको आसन्न अधिवेशनमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली माथि विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने तथा नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार निर्माण गर्न पहल गर्ने निर्णय गर्दछ,’ संसदीय दलको शनिबार बसेको बैठकको निर्णयमा भनिएको छ, ‘साथै अन्य राजनीतिक दलहरुलाई पनि विपक्षमा मतदान गर्न नेपाली कांग्रेस संसदीय दल आग्रह गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .