Draft


कृषिमन्त्री भुसाल र पर्यटनमन्त्री भट्टराई राष्ट्रपति भेट्न शीतल निवास

कृषिमन्त्री भुसाल र पर्यटनमन्त्री भट्टराई राष्ट्रपति भेट्न शीतल निवास

नेपालखबर
पुस ५, २०७७ आइतबार ९:२९,

आज विहानदेखि तीब्र राजनीतिक घट्नाक्रम भइरहेका बेला सरकारका दुई मन्त्री राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्।

कृषिमन्त्री घनश्याम भुसाल र पर्यटनमन्त्री योगेश भट्टराई शीतल निवास गएको स्रोतले जनाएको छ।

नेकपाको आजको लागि तय गरिएको स्थायी समिति बैठक बालुवाटारमा बस्ने तयारी हुँदै गर्दा भुसाल र भट्टराई शीतल निवास गएका हुन्।

यता बालुवाटारमा नेकपाको स्थायी समिति बैठक सुरु भइसकेको छ।

आज आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। सो निर्णयलाई भण्डारीले सदर गरिसकेककी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad