Draft


मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६१ प्रतिशत डाक्टर फेल

मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६१ प्रतिशत डाक्टर फेल

नेपालखबर
साउन १२, २०७६ आइतबार ९:३९,

एमबीबीएस उत्तीर्णका लागि नेपाल मेडिकल काउन्सिलले लिने लाइसेन्स परीक्षामा २२ प्रतिशत डाक्टर फेल भएका छन्। आइतबार प्रकाशित परीक्षाफलअनुसार  बीडीएसमा सबैभन्दा बढी ६१ प्रतिशत डाक्टरले लाइसेन्स परीक्षा फेल गरेका छन्।

एमबीबीएसतर्फ शनिबार सञ्चालित परीक्षामा १ हजार ६८१ ले नाम दर्ता फारम भरेका थिए। ती मध्ये १ हजार ३११ जना अर्थात् ७८ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।

यसैगरी बिडीएसतर्फ ३५३ जना सहभागीमध्ये १३८ जना अर्थात् ३९ प्रतिशतमात्र परीक्षार्थी उत्तीर्ण भएको काउन्सिल सदस्य प्रा डा ढुण्डिराज पौडेलले जानकारी दिए।

काउन्सिलको लाइसेन्स परीक्षा उत्तीर्ण नभइकन बिरामी परीक्षण गर्न पाउने छैनन्। पछिल्लो समय काउन्सिलको लाइसेन्स परीक्षामा अनुत्तीर्ण हुनेको सङ्ख्यामा वृद्धि भएको छ। काउन्सिल परीक्षामा फेल हुनेहरूमा  बंगलादेश तथा चीनमा पढेर फर्किएकाहरू अत्यधिक छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad