Draft


यचुरी, अन्य भारतीय बामपन्थी नेता पक्राउ

यचुरी, अन्य भारतीय बामपन्थी नेता पक्राउ

नेपालखबर
पुस ३, २०७६ बिहिबार ११:५,

भारतमा जारी आन्दोलनका क्रममा त्यहाँका बामपन्थी नेताहरु सिताराम यचुरी, डी राजा, निलोत्पल बसु, ब्रिन्दा करात लगायतलाई बिहिबार नयाँ दिल्लीमा गिरफ्तार गरिएको छ।
भारतीय सरकारले हालै ल्याएको नागरिकता ऐनको विरोधमा आन्दोलन चर्कँदै गर्दा त्यहाँको प्रशासनले थप लेखक, अभियन्ता, विद्यार्थी र विपक्षी नेताहरुलाई पक्राउ गरेको हो।
‘हामीलाई भर्खरै गिरफ्तार गरिएको छ,’ भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का महासचिव डी राजालाई उद्धृत गर्दैै भारतीय सरकारी सञ्चार एजेन्सी पीटीआईले जनाएको छ।
त्यसअघि बिहीबार नै कैयौं प्रदर्शनकारीलाई दिल्ली कै लालकिल्लाबाट पक्राऊ गरिएको थियो।
स्वराज अभियानका प्रमुख योगेन्द्र यादवलगायतलाई त्यहाँबाट गिरफ्तार गरिएको थियो भने उता बैंगलोरबाट चर्चित इतिहासकार तथा लेखक रामचन्द्र गुहासहित अभियन्ताहरु पक्राऊ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .