प्रवास


पोर्चुगलको तीन सहरमा घुम्ती शिविर सञ्चालन हुँदै

पोर्चुगलको तीन सहरमा घुम्ती शिविर सञ्चालन हुँदै

नेपालखबर
जेठ ८, २०८३ शुक्रबार १७:३७, लिस्बन (पोर्चुगल)

लिस्बनस्थित नेपाली दूतावासले पोर्चुगलको कोइम्ब्रा, मदेइरा र अजोरेसमा घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। राजधानी लिस्बनदेखि टाढा बसोबास गर्ने नेपालीलाई लक्षित गरी तीनवटा सहरमा घुम्ती सेवा सञ्चालन गर्न लागेको दूतावासले जनाएको छ।

दूतावासका प्रथम सचिव रामबाबु नेपालका अनुसार कोइम्ब्राको मरिन्हा दास ओन्दासमा यही जेठ ९ र १० गते, मदेइराको फुन्चालमा जेठ २२ र २३ गते र अजोरेसको पोन्टा डेलगाडामा आगामी असार ६ र ७ गते शिविर सञ्चालन हुने कार्यक्रम छ।

सो अवसरमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण ९कन्सुलर सेवा०सम्बन्धी सेवा प्रदान गरिने छ। त्यसैगरी, दूतावासको टोलीले राहदानीको म्याद सकिएका, हराएका, क्षति भएका तथा म्याद एक वर्षभन्दा कम भएकाहरूको विद्युतीय राहदानी (ई–पासपोर्ट) का लागि जैविक विवरणसहितको आवेदन सङ्कलन गर्ने छ। 

साथै राहदानी नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र, पारिवारिक कागजात तथा शैक्षिक प्रमाणपत्र प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गरिने दूतावासले स्पष्ट गरेको छ।

यसै सन्दर्भमा पोर्चुगलस्थित नेपाली दूतावासले तीनवटा सहरमा शिविर सञ्चालन गर्न लागिएको जानकारी दिँदै यसलाई अवसरका रुपमा लिई लाभान्वित हुन सम्बद्ध सबैसँग अनुरोध गरेको छ। सो दूतावासले यसअघि पोर्चुगलको फारो, मदेइरा, पोर्तो र ओदिमिरामा घुम्ती शिविर सञ्चालन गरी सेवा प्रदान गरेको जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad