प्रवास


स्थगित भएको रोमानिया र सर्वियाको घुम्ती शिविरको तोकियो नयाँ मिति

स्थगित भएको रोमानिया र सर्वियाको घुम्ती शिविरको तोकियो नयाँ मिति

नेपालखबर
फागुन २६, २०८२ मंगलबार १७:५४, मध्य युरोप

मध्यपूर्वको तनावका कारण स्थगित भएको रोमानिया र सर्वियाको राहदानी नवीकरण घुम्ती शिविर हुने भएको छ।।

जर्मनीको नेपाली राजदूतावास, बर्लिनले आज एक सूचना प्रकाशित गर्दै रोमानिया र सर्वियाको घुम्ती शिविरको लागि नयाँ मिति सार्वजनिक गरेको हो।

बर्लिन दूतावासले मङ्गलबार जारी गरेको सूचनाअनुसार रोमानियाको घुम्ती शिविर आगामी २०२६ मार्च २७ देखि ३१ तारिखसम्म बुखारेस्टस्थित चौतारी रेस्टुरेन्टमा सञ्चालन हुनेछ।

यसैगरी, सर्वियामा मार्च ३० मा किङ पिटर ४३७ एसपी २ दोन्जी मिलानोभाक १९२२० मा घुम्ती शिविर सञ्चालन हुने दूतावासको सूचनामा उल्लेख छ।

‘रोमानिया र सर्वियमा तय भएको घुम्ती शिविर पश्चिम एसियामा देखिएको तनावका कारण राहदानी विभागबाट राहदानीसम्बन्धी उपकारणसहित कर्मचारीहरू आउन नसक्ने परिस्थिति भएका कारण स्थगित गर्नुपरेको थियो,’ कार्यवाहक राजदूत सागरप्रसाद फुयालले नेपालखबरसँग भने, ‘राहदानी विभाग काठमाडौँबाट जानकारी प्राप्त भएअनुसार नयाँ मिति तोकिएको हो।’

बर्लिनस्थित नेपाली राजदूतावासको जर्मनीसहित पोल्यान्ड, रोमानिया, चेक रिपब्लिक, स्लोभाक, हङ्गेरी, युक्रेन, बुल्गेरिया र भ्याटिकन सिटी (होलीसी) समेत १० वटा देशमा सेवा तथा कूटनीतिक क्षेत्र पर्छ।

पश्चिम एसियाली मुलुकहरूमा भएको तनावको कारण हवाई उडानमा उत्पन्न समस्याले गर्दा रोमानियाको मार्च ११ देखि १५ सम्म र सर्वियामा मार्च १४ तारिखका लागि तय भएको घुम्ती शिविर दूतावासले स्थगित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad