प्रवास


एनआरएनए महिला संयोजकमा जर्मनीकी राधा सिग्देलको उम्मेदवारी घोषणा

एनआरएनए महिला संयोजकमा जर्मनीकी राधा सिग्देलको उम्मेदवारी घोषणा

नेपालखबर
फागुन १८, २०८२ सोमबार १३:४८,

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय महिला संयोजक पदका लागि राधा सिग्देल (किरण) ले उम्मेदवारी घोषणा गरेकी छन्।

‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, मिलिजुली बढाऔँ एनआरएनए अभियान’ भन्ने नारालाई उनले मुख्य एजेन्डा बनाएकी सिग्देल १५ वर्षदेखि जर्मनीमा बस्दै आएकी छन्।

लामो समयदेखि एनआरएनए अभियानमा सक्रिय रूपमा संलग्न रहँदै आएकी उनी पछिल्लो समय एनआरएनए आईसीसीमा देखिएको विवादमा कुनै पक्षमा नदेखीकन संस्थागत एकताको पक्षको उभिएकी थिइन्।

एनआरएनए जर्मनीको दुई कार्यकाल उपाध्यक्ष रहिसकेकी उनीसँग संघको विभिन्न टास्क फोर्समासमेत काम गरिसकेको अनुभव छ। उनलाई एनआरएनए अभियानमा मिलनसार, समन्वयकारी र सबै पक्षसँग सहकार्य गर्दै काम गर्न सक्ने अभियन्ता रूपमा चिनिन्छ। 

‘संस्थाको हितलाई प्राथमिकतामा राख्दै साझा उद्देश्यका लागि सहकार्य र सहमतिमा आधारित नेतृत्व आवश्यक रहेको छ,’ सिग्देलले भनिन्।

युरोपमा बसोबास गर्ने नेपाली महिलाले भोगिरहेका सामाजिक, कानुनी तथा व्यावसायिक चुनौतीलाई संस्थागत रूपमा सम्बोधन गर्न समन्वयात्मक र परिणाममुखी कार्ययोजना आवश्यक छ। उनले महिला नेतृत्व विकास तालिम, उद्यमशीलता प्रवर्द्धन, युवा पुस्तासँग सहकार्य तथा विभिन्न देशमा रहेका राष्ट्रिय समन्वय परिषद्‌सँग सहकार्य गर्दै प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको बताइन्।

सामाजिक कार्यप्रतिको आफ्नो निरन्तर लगाव, महिला सशक्तीकरणप्रतिको दृढ विश्वास र प्रवासी नेपाली महिलाको अधिकार, नेतृत्व विकास तथा सहभागिता अभिवृद्धि गर्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेको बताइन्। आउँदै गरेको एकताको महाधिवेशनलाई लक्षित गर्दै उनले युरोप क्षेत्रभर रहेका नेपाली महिलालाई एकताबद्ध गर्दै उनीहरूको आवाजलाई सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीको १२औँ बृहत् एकता महाधिवेशन आगामी मार्च १४ देखि १६ तारिखसम्म आयोजना हुने तय भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad