नेपाली राजदूतावास बर्लिनले चेक रिपब्लिकको राजधानी प्रागमा घुम्ति शिविरमार्फत आवेदन दिएका नेपालीलाई राहदानी संकलनका लागि सूचना जारी गरेको छ।
गत २०८२ मंसिर ६ र ७ गते (२२ देखि २३ नोभेम्बर २०२५) का दिन दूतावासले चेक रिपब्लिकको राजधानी प्रागमा राहदानी तथा कन्सुलर सेवाका लागि घुम्ती शिविर सञ्चालन गरेको थियो।
उक्त शिविरमा राहदानीका लागि आवेदन दिएका आवेदकहरूको राहदानी दूतावासमा प्राप्त भैसकेको जनाएको छ।
दूतावासमा प्राप्त उक्त राहदानीहरू यही माघ १० (२४ जनवरी २०२६) गतेका दिन शनिबार गैरआवासीय नेपाली संघ, चेक समेतको सहयोगमा नेपाली दूतावास, बर्लिनले १२ बजेदेखि ३ बजेसम्म वितरण गरिने सूचनामा जनाएको छ।
राहदानी संकलन गर्न आउँदा हाल प्रयोगमा रहेको नेपाली राहदानी साथै ल्याउन पनि दूतावासले आग्रह गरेको छ।
राहदानी वितरणसम्बन्धी थप जानकारीका लागि दूतावासले सम्बन्धित विभिन्न व्यक्तिको मोबाइल नम्बरसमेत सार्वजनिक गरेको छ।

Shares

प्रतिक्रिया