प्रवास


प्रवासी नेपाली एकता मञ्चद्वारा पार्टी एकताको स्वागत

प्रवासी नेपाली एकता मञ्चद्वारा पार्टी एकताको स्वागत

अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष ध्रुव सुवेदी


नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार १५:३२, वारसा, पोल्यान्ड

नेकपा (एकीकृत समाजवादी)को प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीले नेकपा (माओवादी) लगायतका पार्टीको एकतालाई स्वागत गरेको छ।

मञ्चको अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष ध्रुव सुवेदीले एक विज्ञप्ति जारी गरी बृहत् पार्टी एकताको कार्यभार पूरा गर्ने नेताहरूलाई धन्यवाद व्यक्त गर्दै पार्टी एकताको स्वागत गरेका छन्।

‘नेपालका वामपन्थी तथा समाजवादी शक्तिहरूबीच भएको ऐतिहासिक घोषणाले लामो समयदेखि छिन्नभिन्न रहेको समाजवादी आन्दोलन पुन: एकजुट भएको र समाजवादी यात्रामा महत्त्वपूर्ण कदम रहने’ विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमार्फत समाजवादी यात्रालाई अझ सशक्त बनाउन सबै वामपन्थी, प्रगतिशील तथा देशभक्त शक्तिहरूलाई एकताको अभियानमा जोडिन आह्वान गरिएको छ।

नेकपा (एकीकृत समाजवादी), माओवादी केन्द्रसहित विभिन्न १० वटा वाम घटक मिलेर हिजो कात्तिक १९ गते काठमाडौँको भृकुटीमण्डपबाट नेपाली कम्युनिष्ट पार्टी घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad