प्रवास


पोल्यान्डमा नेवार समुदायको समयबजी पर्व मनाइने

पोल्यान्डमा नेवार समुदायको समयबजी पर्व मनाइने

पोल्यान्डमा पहिलो पटक नेवार समुदायको मौलिक पर्व समयबजी मनाउन लागिएको हो (फ्रिपिक)


शेरबहादुर परियार
बैशाख १९, २०८२ शुक्रबार ११:१०, वारसा, पोल्यान्ड

युरोपेली मुलुक पोल्यान्डमा पहिलो पटक नेवार समुदायको मौलिक पर्व समयबजी (सम्यबजी) मनाइने भएको छ।

भोलि (३ मे, शनिबार) ‘वर्ल्ड नेवा अर्गनाइजेसन’ अर्थात् विश्व नेवा संगठन पोल्यान्ड च्याप्टरले कार्यक्रमको आयोजना गर्न लागेको हो। कार्यक्रम पोल्यान्डको राजधानी वारसास्थित स्पाइस गार्डेन रेस्टुरेन्टमा दिउँसो साढे २ बजे सुरु हुनेछ।

विश्व नेवा संगठन पोल्यान्ड च्याप्टरका अध्यक्ष अभिनाश डंगोलका अनुसार नेवा संस्कृति र भोजनको प्रवर्द्धन तथा संरक्षण गर्ने उद्देश्यसहित सम्यबजीको आयोजना गरिएको हो।

यस्ता कार्यक्रमले नेवा संस्कृतिलाई विश्वसामु चिनाउने, नेपाली र पोलिस समुदायलाई संस्कृतिको माध्यमबाट जोड्ने तथा युवा पुस्तालाई आफ्नो सांस्कृतिक पहिचान जोगाउन योगदान गर्ने उनको भनाइ छ। पोल्यान्डमा रहेका नेपाली समुदायलाई कार्यक्रममा उपस्थितिका लागि आयोजकको तर्फबाट उनले अनुरोध समेत गरे।

कार्यक्रममा नेवा समुदायले विभिन्न परिकारसँग खाने प्रमुख खाना चिउरा, बारा/वो, छोइला, भटमास, आलुतामा, नेवा परिकारका विशेष मिठाइहरू र ऐला (नेवा मदिरा) सहित लाखे नाच, धिमे नाच, कुमारी नृत्यलगायतका नेवारी सांस्कृतिक प्रस्तुतिहरू रहने छन्।

नेवारी खानामा निकै लोकप्रिय सम्यबजीमा ८४ प्रकारका परिकार हुन्छन्। यो खानाले शरीरमा तापक्रम बढाई ऊर्जा दिने र यसले आउँदो वर्षलाई ऊर्जा प्रदान गर्ने जनविश्वास छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad