प्रवास


‘संविधानले दिएको अधिकार संकुचित पार्दा विदेशमा बस्ने नेपाली हतोत्साही’

‘संविधानले दिएको अधिकार संकुचित पार्दा विदेशमा बस्ने नेपाली हतोत्साही’

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग एनआरएनए प्रतिनिधिमण्डल


नेपालखबर
बैशाख १४, २०८२ आइतबार १३:२७, काठमाडौँ

गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडासँग भेटवार्ता गरेको छ।

उक्त भेटमा संघका अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुसी हुने अवस्था नभएको बताए।

साथै, गैरआवासीय नेपाली नागरिताबाहकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेशप्रति डा केसीले असन्तुष्टि जनाएका थिए। ‘संविधानले नै दिएको अधिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साही भएका छन्,’ भन्दै डा केसीले नेपाल कानुन सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि बेवास्ता गरिनु उचित नभएकोप्रति ध्यानाकर्षण गराएका थिए।

अध्यक्ष डा केसीले राज्य व्यवस्था तथा सुशासन समितिमार्फत अब बस्ने संसद्‌ बैठकमा उक्त अध्यादेश प्रतिस्थापन गरी नागरिकताको पूर्ण कार्यान्वयन हुने गरि प्रस्ताव अघि बढाउन आग्रह गरेका थिए। 

जवाफमा सभापति खतिवडाले गैरआवासीय नेपालीहरू नेपालको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गर्दै उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

सभापति खतिवडाले भने, ‘गैरआवासीय नेपालीहरूले मातृभूमिप्रति देखाएको समर्पण प्रशंसायोग्य छ, समितिको तर्फबाट गैरआवासीय नागरिकतासम्बन्धी सामाजिक, आर्थिक तथा सांस्कृतिक अधिकार कानुनी रूपमा सुनिश्चित गर्न आवश्यक पहल गर्छौँ ।’

भेटमा अध्यक्ष डा केसीसहित उपाध्यक्षत्रय राज रेग्मी, रोजिना प्रधान राई, रोशन थापा, महिला सचिव राधिका (टीका) गुरुङ र संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्रकुमार राउतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad