प्रवास


डेनमार्कमा भारतीय आप्रवासीको तलब डेनिसको भन्दा धेरै, नेपालीको स्थान कुन?

डेनमार्कमा भारतीय आप्रवासीको तलब डेनिसको भन्दा धेरै, नेपालीको स्थान कुन?

तस्बिर : अनस्प्लास


नेपालखबर
बैशाख ११, २०८२ बिहिबार १६:१३, काठमाडौँ

डेनमार्कको आप्रवासनसम्बन्धी पछिल्लो तथ्याङ्कअनुसार भारतीयहरू सबैभन्दा धेरै तलब पाउनेमा परेका छन्। उनीहरूले डेनिसहरू भन्दा पनि औसतमा बढी कमाउने तथ्यांकले देखाएको छ।

२९ देखि ५९ वर्ष उमेर समूहका डेनमार्कका आप्रवासीमा गरिएको अध्ययनले उक्त तथ्य बाहिर ल्याएको हो। जसको औसत मासिक आय कर तिर्नुअघि ५ लाख ९२ हजार क्रोनर रहेको छ।

अध्ययनको वर्गीकरणअनुसार काम गर्ने उमेरका डेनिस पुरुषहरू पाँचौँ स्थानमा परेका छन्। उनीहरूको औसत आय ५ लाख ५ हजार ४ सय क्रोनर रहेको छ।

त्यस्तै दोस्रोदेखि चौथो स्थानमा स्वीडेन, बेलायत र अमेरिकाका आप्रवासी रहेका छन्। उनीहरूको कमाइ क्रमशः ५ लाख ८५ हजार ३ सय, ५ लाख ७५ हजार १ सय र ५ लाख ५२ हजार ५ सय क्रोनर औसत आय रहेको छ।

डेनिस न्युज पोर्टल ‘द लोकल डट डीके’ले भारतीयको तलब उच्च हुनुमा उनीहरूको शिक्षास्तरलाई औँल्याएको छ। जहाँ लेखिएको छ, ‘४५ प्रतिशत भारतीय आप्रवासीले ‘लामो शिक्षा’ पाएका छन्। जसको अर्थ मास्टर डिग्री वा पीएचडी हो। यो आप्रवासी समूहको सबैभन्दा उच्च हिस्सा हो र डेनिसहरू भन्दा धेरै बढी हो।’

नेपाली आप्रवासीको सन्दर्भमा भने न्युजले कुनै स्थान दिएको छैन। यसले संकेत गर्छ कि नेपालीको स्थिति निकै तल छ।

अध्ययनले भारतीयको तलब मात्र उच्च देखाएको छैन भारतीय पुरुषहरूले रोजगारीको दरमा उच्चतम स्थान पनि पाएका छन्। जहाँ ८६ प्रतिशत भारतीयले आफूलाई रोजगारको रूपमा दर्ता गरेका थिए। यो नेदरल्यान्डका नागरिक बराबर हो।

यसमा पनि यी दुई आप्रवासी समुदायले डेनिसलाई जितेका छन्। रोजगार दरमा डेनिस पुरुषहरूको दर ८५ प्रतिशत रहेको छ।


महिलाको हकमा भने भारतीयहरूको रोजगार दर तुलनात्मक रूपमा कम देखिएको छ। भारतीय महिलाको रोजगार दर ६१ प्रतिशत रहेको छ जबकि डेनिस महिलाहरूको रोजगार दर ८१ प्रतिशत रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad