युरोपेली मुलुक रोमानियामा नेपाली नयाँ वर्षको अवसर पारेर भोलि (आइतबार) सांगीतिक कार्यक्रम हुँदै छ।
कार्यक्रमका लागि आफ्नो प्रस्तुति दिन कलाकारहरू ज्योति मगर, जितु लोप्चन, सरिष्मा मगर र क्रिश पुलामी रोमानिया पुगेका छन्।
रोमानियाको राजधानी बुखारेस्टमा हुन लागेको 'याद म्युजिकल फेस्टिभल' कार्यक्रममा सहभागी हुन रोमानिया पुगेका कलाकारको टोलीलाई आयोजक नरेश गिरी लगायतको टोलीले विमानस्थलमा स्वागत गरेको थियो।
कार्यक्रमका संयोजक तथा याद म्युजिकल फेस्टिभलका प्रमुख नरेश गिरीका अनुसार कार्यक्रम बुखारेस्टस्थित द प्यालेस हल (साला पालातुलिई) मा दिउँसो १२ बजेबाट हुनेछ।
गायिकाद्वय ज्योति मगर र जितु लोप्चन तथा डान्सर सरिष्मा मगरको साथमा रोमानियामा रहेका नेपाली कलाकारको समेत प्रस्तुति रहने गिरीले बताए। उनले कार्यक्रममा ८ सयदेखि १ हजारसम्म दर्शकको उपस्थिति रहने अपेक्षा अनुसार तयारी भइरहेको पनि जानकारी दिए।
रोमानियामा नेपाली कला र संस्कृति प्रस्तुत गर्ने याद म्युजिकल फेस्टिभल यहाँको नेपाली समुदायमा लोकप्रिय बन्दै गएको छ। यसपालि तेस्रो संस्करणको कार्यक्रम हुन लागेको हो।
Shares

प्रतिक्रिया