कतारमा एक नेपालीले कार मर्मतसम्बन्धी व्यवसाय सुरु गरेका छन्। मध्यपूर्वी देश कतार नेपालीका लागि आकर्षक वैदेशिक रोजगारीका रूपमा परिचित छ।
पछिल्लो समय भने यहाँ व्यवसाय गर्ने नेपाली पनि बढ्दै गएका छन्। यसको उदाहरण हो रुपन्देहीको बुटवलका फैजान सौकात अलि।
कतारमा बस्दै आएका अलिले आबुहमुर रोडमा अवस्थित रिजेन्सी सिग्नल नजिक ‘काभ्या श्री फर ट्रेडिङ एसोसरिज एण्ड कार रिपेयर’ पसल सञ्चालनमा ल्याएका हुन्।
पसलका संरक्षक (कफिल) र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष रमेश भट्टले शुक्रबार संयुक्त रूपमा रिबन काटेर उद्घाटन उद्घाटन गरेका थिए।
कतारमा पसल खोल्नका लागि कोही संरक्षक बसिदिनुपर्ने हुन्छ। यसरी संरक्षकत्व प्रदान गर्ने व्यक्तिलाई कफिल भनिन्छ।
उद्घाटनका क्रममा भट्टले व्यावसायिक सफलताको शुभकामना दिएका थिए।
यो पसलबाट गाडीको सिट कभर, सिसामा हालिने प्लास्टिक फिल्म, कार इन्टरनल फोल्ड, पोलिस, कम्प्युटर चेक, एसी रिपेयर, नयाँ म्युजिक सिस्टम जडान, सबै प्रकारका ब्याट्री, लाइट, खेमा/टेन्ड लगायतका सेवा दिइने व्यवसायी अलिले जानकारी दिए।
अलिको नेपालमा पनि ग्यारेज व्यवसाय छ। कतारको यो पसलबाट सेवाग्राहीलाई डोर टु डोर सेवा पनि दिइने उनले बताए।
Shares

प्रतिक्रिया