प्रवास


घरमा भिडिओ कल गरेर जापानमा आत्महत्या गरिन् नेपाली युवतीले

घरमा भिडिओ कल गरेर जापानमा आत्महत्या गरिन् नेपाली युवतीले

रविना बुढाथोकी


नेपालखबर
भदौ ६, २०८० बुधबार १५:३७, काठमाडौँ

अध्ययनका लागि जापान पुगेकी एकजना नेपाली युवतीले घरमा आमाबुवालाई भिडिओ कल गरेर आत्महत्या गरेकी छन। 

घरमा भिडिओ कल गरेर बोलिरहेकै अवस्थामा ती युवतीले आत्महत्या गरेकी हुन्। 

जापानको फुकुओकामा बस्दै आएकी दोलखाकी २० वर्षीया रबिना बुढाथोकीले बाबुआमालाई फेसबुक म्यासेन्जरमा भिडिओ कल गरेर देखाउँदै लाइभमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

उनको आत्महत्याको कारण खुलेको छैन। तर पारिवारिक असमझदारीलाई कारण मानिएको छ। सोमबार साँझको यो घटना भएको हो। 

नेपालीहरुले उनको कोठा आधा घण्टामा पत्ता लगाएपछि प्रहरी बोलाएर उद्धार गरेका थिए। प्रहरीले अगाडि फोन राखेर झुण्डिएको अवस्थामा उनलाई फेला पारेका थिए। जहाँ फोनमा भिडिओ कल भएको पाइएको छ।

उनलाई तत्कालै अस्पताल लगिएको थियो। तर उपचारका क्रममा मंगलबार बिहान निधन भएको एनआरएनएका एकजना नेता सुपेन्द्र घिसिङले बताए। 

ती युवतीले सँगै पढिरहेका साथीलाई ५ दिनका लागि नेपाल जान लागेकाले जहाजको टिकट बुझिदिन भनेकी थिइन्। उनका भाइसमेत बिदामा नेपाल आएर फर्कन लागेका थिए।

रविनाको कोठामा आत्महत्या प्रयासअघि सुसाइड नोट फेला परेका छैनन्। कोठामा चुक्कुल लगाएर झुण्डिएपछि उद्धारमा पुगेका नेपालीहरु ढोका फोडेर पसेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .